Comments Add Comment

उखु किसानलाई पुस १५ भित्र रकम दिन चिनी मिल सहमत

८ मंसिर, महोत्तरी । महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी मिलले गत वर्षदेखि बाँकी रहेको सम्पूर्ण रकम पुस १५ गतेभित्र उखु किसानहरुलाई भुक्तानी गर्ने भएको छ ।

चिनी मिलको गेटमा शुक्रबारदेखि धर्नामा बस्दै आएका किसानसँग चिनी मिलको प्रधान कार्यालय जनकपुरमा भएको वार्तामा पुस १५ भित्र रकम चुक्ता गर्ने सहमति भएको हो । बार्तामा प्रतिक्विन्टल ७६ रुपैयाँको दरले बाँकी रहेको रकम किसानको खातामा पठाउने सहमति भएको छ ।

उखु उत्पादक किसान संघ महोत्तरी, एभरेष्ट चिनी मिल र पीडित किसानबीच पुस १५ भित्र किसानको बाँकी रहेको सम्पूर्ण रकम बैंक खातामा पठाउने सहमति भएको एभरेस्ट चिनी मिलका महाप्रबन्धक कृष्णचन्द दासले जानकारी दिए ।

किसानले रकम भुक्तानीको माग गरेर आन्दोलन गर्दै आएका थिए । उनीहरूको आन्दोलनपछि चिनी मिल बाँकी रकम दिन तयार भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment