Comments Add Comment

निशुल्क अण्डकोष जाँच भन्दै युवतीले धमाधम गुप्तांग समाएपछि…….(भिडियो सहित)

free-testicle-exams

एक सुन्दर युवतीले निशुल्क रुपमा अण्डकोष परिक्षण गर्ने भन्दै सडकमा हिडिरहेका युवकहरुको गुप्तांग समाइदिएको भिडियो अहिले युट्युबमा भाइरल बनेको छ ।

सिम्पल पिकअप नामक ग्रुपले तयार पारेको यो भिडियोमा म्यारिसा नामकी एक सुन्दर महिला नर्सको कामूक पहिरनमा देखापर्छिन् । उनले हातमा रबरका पञ्जा लगाएकी छिन् र पुरुषहरुसँग गुप्तांग छोएर स्वास्थ्य परीक्षण गरिदिने प्रस्ताव राख्छिन् ।

अमेरिकाको लस एन्जल्सको सडकमा यस्तो गुप्तांग परीक्षण सेवामा उत्रिएकी हुन् ती युवती ।

निशुल्क अण्डकोष परीक्षण लेखिएको कागज लिएर म्यारिसासँगै एक युवकले बटुवाहरुलाई अण्डकोषण परीक्षणका लागि आग्रह गरिरहे । सुरुमा केही युवकहरु सुन्दैमा लजाएर हिँडे तर केही भने ती सुन्दरीलाई आफ्नो गुप्तांग समाउन दिन राजी भए । सुन्दरीलाई आफ्नो गुप्तांग परीक्षण गराउन दिन पाउँदा उनीहरु खुसी देखिन्थे तर केहीले भने लाजका कारण आफ्नो अनुहार नदेखाइदिन अनुरोध गरेका थिए ।

free-testicle-exams1

निशुल्क अण्डकोष परीक्षण भनिएको भएपनि यसरी अण्डकोष परीक्षण गराउनेसँग १ सय डलर दान मागिन्थ्यो र परीक्षण गराएका ६ जनाबाट ६ सय डलर रकम जम्मा भयो । उक्त ग्रुपको आधिकारिक च्यानलमा यो भिडियो अनलाइनमा अपलोड भएको ५ दिनमै यसलाई ३५ लाखले हेरे । यसबाट जम्माजम्मी ४ हजार १ सय डलर रकम जम्मा भएको बताइएको छ ।

पुरुषको स्वास्थ्य खासगरी प्रोस्टेट लगायतका क्यान्सरका विषयमा जनचेतना जगाउने ‘मुभेम्बर’ नामक अभियानका लागि यो रकम संकलन गरिएको छ । यसबाट संकलित रकम पुरुष क्यान्सर उपचारको सहयोगमा खर्च गरिनेछ ।

आफ्नो यौनांगको नियमित रुपमा नलजाइ स्वास्थ्य परीक्षण गराउनुपर्ने र कुनै डल्लो तथा गाँठागुठी देखिएमा अस्पतालमा गएर परीक्षण गराइहाल्नुपर्ने सन्देश समेत मुभेम्बर अभियानले तयार पारेको यो फन्नी भिडियोमा दिएको भिडियोको अन्तिमतिर बोल्दै म्यारिसाले बताएकी छिन् ।

भिडियो हेर्नुहोस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment