Comments Add Comment

मोदी र शरिफले हात मिलाएसँगै सकियो सार्क सम्मेलन (फोटो कथासहित)

Modi and Sharif Shaking hand_650

११ मंसिर, काठमाडौं । भारत र पाकिस्तानका प्रधानमन्त्रीले हात मिलाएसँगै १८ औं सार्क शिखर सम्मेलन समापन भएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच हेराहेर भएन । शरिफ सम्बोधनका लागि ड्यारतिर जाँदा मोदीले पत्रिका पढे ।

भारत र पाकिस्तानका प्रधानमन्त्रीले सार्कको उद्घाटनमा हात नमिलाएपछि यो चर्चाको विषय बनेको थियो ।

तर, समापन समारोहको दृश्य फरक रहृयो । धुलिखेल रिटि्रटमा अनौपचारिक भेटवार्ता भएपनि सार्वजनिक रुपमै भने सम्मेलनको समारोहमा मोदी र शरिफले हात मिलाए ।

त्यसअघि १९ औं सार्क सम्मेलन पाकिस्तानमा हुने घोषणापछि धन्यवाद मन्तव्य दिन शरिफ ड्यासमा जाँदा र र्फकँदा मोदीले अरु राष्ट्र तथा सरकार प्रमुखहरुसँगै ताली बजाए ।

Modi and Sharif Shaking hand (1)

राष्ट्र तथा सरकार प्रमुखहरुको सामूहिक फोटो सेसनपछि बाहिरिने क्रममा मोदी र शरिफले हात मिलाए । भारत र पाकिस्तानका प्रधानमन्त्रीले हँसिलो मुद्रामा भलाकुसारी गर्दै हात मिलाउँदा हल तालीले गुज्नयमान भएको थियो ।

हलमा ताली बजेपछि मोदी र शरिफले पनि निकै बेरम्म पोज दिएर फोटो खिचाए । मोदी र शरिफभन्दा पछाडि रहेका नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि निकै हँसिलो मुद्रामा देखिए ।

भुटानका प्रधानमन्त्री, श्रीलंका राष्ट्रपति लगायतले पनि मोदी शरिफले हात मिलाउँदा ताली बजाएका थिए ।

Modi and Sharif Shaking hand (2)

Modi and nawaz

Modi and Sharif Shaking hand (3)

Modi and Sharif Shaking hand (4)

Modi and Sharif Shaking hand (5)

Modi and Sharif Shaking hand (6)

Modi and Sharif Shaking hand (7)

तस्वीरः पीजे क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment