+
+
Shares

४७ लाखमै नेपालमा आयो ‘दीपल नेभो क्यू०५’ (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते २२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धिले आइतबार नेपाली बजारमा चांगानको प्रिमियम सब–ब्रान्ड नेभोको विद्युतीय एसयूभी ‘नेभो क्यू०५’ बिक्री सुरु गरेको छ।
  • कम्पनीले नेभो क्यू०५ का म्याक्स र अल्ट्रा भेरियन्टको मूल्य क्रमशः ४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
  • गाडीमा १२० किलोवाट मोटर, ५२ किलोवाट आवर ब्याट्री, ४६२ किलोमिटर रेन्ज, १८ स्मार्ट ड्राइभिङ सिस्टम र ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी छ।

७ भदौ, काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब–ब्रान्ड नेभोको नयाँ विद्युतीय गाडी ‘नेभो क्यू०५’ नेपाली बजारमा बिक्री सुरु भएको छ । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ‘दीपल नेभो क्यू०५’ सार्वजनिक गरेको हो ।

आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच गाडी सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले नेभो क्यू ०५ सँगै एमएडब्लू नेपालको सबैभन्दा ठूलो अटोमोबाइल सेगमेन्टमा प्रवेश गर्न लागेको बताए । चीनमा लगातार ४ महिनासम्म नम्बर १ बन्न सफल यो गाडीले नेपालमा पनि प्रविधि, आराम र विलासिताको नयाँ मापदण्ड खडा गर्नेमा विश्वास व्यक्त गरे ।

उनले गाडी बेच्नु मात्रै आफुहरूको लक्ष्य नभई ग्राहकको अनुहारमा मुस्कान देख्नु आफुहरूको पहिलो प्राथमिकता भएको बताए ।

‘हाम्रो लागि गाडी बेच्नु मात्रै ठूलो कुरा होइन, ग्राहकको अनुहारमा मुस्कान देख्नु र उनीहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा दिनु हाम्रो पहिलो प्राथमिकता हो । ७ करोडभन्दा बढीको स्पेयर पार्ट स्टक र २४ घण्टा चल्ने हेल्पलाइनमार्फत हामी ग्राहकलाई सधैं सुरक्षित महसुस गराउन चाहन्छौं,’ अग्रवालले भने ।

कार्यक्रममा चांगान इन्टरनेशनलका दक्षिणपूर्वी एसियाली क्षेत्रीय प्रबन्ध केल्भिनले उक्त कार आफ्ना सेगमेन्टहरूलाई पछ्याउनका लागि बनाएको नभई त्योभन्दा माथि उठ्नका लागि बनाइएको बताए ।

‘जसरी यसलाई चलाउने मानिसहरू सधैं उत्कृष्ट बन्न चाहन्छन् । नेपालले संसारलाई ‘उत्कृष्टता’ को अर्थ सिकाएको छ, आज हामी त्यही उत्कृष्टतालाई चार पाङ्ग्रामा राखेर तपाईंहरूमाझ ल्याएका छौं । आउनुहोस्, हामी सबै सँगै अझै माथि चढौं,’ केल्भिनले भने ।

४६ लाख ९९ हजार र ४९ लाख ९९ हजार मूल्यका ३ भेरियन्ट:

कम्पनीले नेभो क्यू०५ लाई म्याक्स र अल्ट्रा गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ । म्याक्सको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्राको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यी मूल्य नाडा अटो शो अवधिसम्मका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । नाडा अटो शो सकिएपछि भने म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।

‘ए क्लास एबोभ’ (A Class Above) नाराका साथ सार्वजनिक गरिएको यो सवारी साधनले आराम, डिजाइन र प्रविधिमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीको दाबी छ । नेपालमा दिपलका अन्य मोडलहरूको सफलतापछि कम्पनीले नयाँ जेनेरेशनको ईभीका रूपमा यी भेरियन्टहरू भित्र्याएको हो ।

नेभो क्यू०५ मा १२० किलोवाटको मोटर जडान गरिएको छ । यसमा ५२ किलोवाट आवरको ‘गोल्डेन शिल्ड’ २.० ब्याट्री रहेको छ । यसले एक पटकको फुल चार्जमा ४६२ किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

यो एसयूभीको डिजाइन इटालीमा भएको ‘ए–डिजाइन अवार्ड’ मा गोल्ड मेडल जित्न सफल भएको छ । ‘क्लाउड्स एण्ड सोफिया’ कन्सेप्टमा आधारित यसको बाहिरी बनावट आकर्षक हुनुका साथै भित्री भाग निकै विलासी छ ।

यसको ह्विलबेस २.७३ मिटर र लम्बाई ४.५४ मिटर छ, जसले गर्दा क्याबिनभित्र प्रशस्त ठाउँ उपलब्ध छ । सिटहरूमा ९ तहको कुशन प्रयोग गरिएको छ र क्याबिनको ८० प्रतिशत भाग सफ्ट–टच सामग्रीले बनेको छ ।

यसमा ६७ स्थानमा साउन्ड इन्सुलेशन गरिएको छ, जसले बाहिरको हल्लालाई क्याबिनभित्र आउन दिँदैन र यात्रालाई शान्त बनाउने कम्पनीको दाबी छ ।

सुरक्षाका लागि यसमा १८ वटा स्मार्ट ड्राइभिङ सिस्टम जडान गरिएको छ । यसले गाडीको चारैतिरको दृश्य मात्र नभई ‘ट्रान्सप्यारेन्ट च्यासिस’ प्रविधिमार्फत गाडीमुनिको बाटो समेत स्क्रिनमा देखाउँछ ।

गाडीको अगाडि वा पछाडि कुनै वस्तु वा मानिस आएमा यसले आफैं ब्रेक लगाउने र स्टेयरिङ कन्ट्रोल गर्ने क्षमता राखिएको छ । मोबाइल एपमार्फत गाडीको चार्जिङ स्टाटस हेर्न, क्याबिनको तापक्रम मिलाउन र गाडीको लोकेसन र्ट्याक गर्न सकिन्छ ।

एमएडब्लु वृद्धिले यो गाडीमा ग्राहकलाई विशेष ढुक्क बनाउन नेपालकै सबैभन्दा लामो वारेन्टी प्रदान गरेको छ । यसमा ५ वर्षको सवारी साधन वारेन्टी र ब्याट्री तथा ड्राइभ ट्रेनमा ११ वर्ष वा ३ लाख किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?