+
+
Shares

इराकमा सशस्त्र समूहका हतियार एक महिनाभित्र राज्यको नियन्त्रणमा ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते ६:२१

८ भदौ, काठमाडौं । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन आगामी सेप्टेम्बर ३० मा फिर्ता भएपछि हतियार नियन्त्रणमा लिने प्रक्रिया क्रमशः अघि बढाइनेछ ।

अल–आराजीले यो निर्णय ‘रणनीतिक इराकी निर्णय’ भएको भन्दै सशस्त्र समूहसँग भिडन्त नगरी संवादमार्फत प्रक्रिया अघि बढाइने बताए ।

इरानसँग निकट केही सशस्त्र समूहले भने निशस्त्रीकरणको विरोध गर्दै आएका छन् । कताइब हिज्बुल्लाहले विदेशी सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, उत्तरी इराकबाट टर्कीका सेना हट्नुपर्ने तथा कुर्दिस लडाकु समूह पेस्मेर्गा विघटन हुनुपर्ने माग राखेको छ ।

सरकारले भिडन्तलाई ‘रातो रेखा’ मानेको भन्दै अल–आराजीले सशस्त्र समूहका लडाकुको अधिकार सुनिश्चित गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?