Comments Add Comment

नाइजेरियामा बम विष्फोट, २५ को मृत्यु

nigeria_boko_haram_attack_borno_624x351_getty_nocredit१२ मंसिर, काठमाडौं । नाइजेरियाको एडमावा राज्यमा भएको बम आक्रमणमा ५ सैनिक सहित २५ जनाको मृत्यु भएको छ ।

मुबी शहर नजिक सडक किनारमा राखिएको बम बिष्फोट भएको हो । मुबि शहरलाई सरकारले यसै महिनाको शुरुमा चरमपन्थी विद्रोही समुह बाकोहरामको कब्जाबाट दोस्रोपटक मुक्त गराएको थियो ।

तर पनि विष्फोट र आक्रमणमा कमी आएको छैन । बोकोहराम समुहले यसअघि उत्तरपश्चिम मैदुगरी शहरमा दुई आत्मघाति बम विष्फोट हुँदा ७८ जना मारिएका थिए ।

गत अपि्रल महिनामा बोकोहरामले २ सयभन्दा बढि स्कुले छात्राको अपहरण गरेपछि त्यसको विश्वभर विरोध भएको थियो ।
-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment