Comments Add Comment

वैज्ञानिकले पत्ता लगाए अघाउने औषधि

full appetite
वैज्ञानिकहरुले यस्तो वस्तुको आविष्कार गरेका छन् जसले मानिसलाई अघाएको महसुस दिलाउनेछ । यदि उक्त रसायन खानामा मिसाउने हो भने भोक तत्कालै हराउनेछ र अघाएको अनुभुति हुनेछ ।
प्रारम्भिक परीक्षणबाट यस्तो रसायनले मानिसहरुलाई कम खान तथा मोटोपना घटाउन सहयोग पूराउने देखिएको छ ।
बेलायती अनुसन्धानकर्ताहरुले पत्ता लगाएको उक्त पदार्थ नियमित रुपमा सेवन गरेमा मात्रै त्यसको असर देखिने बताइएको छ ।
गन्धयुक्त धुलोको रुपमा रहेको उक्त रसायन घुल्छ । शोधकर्ताहरुले उक्त पदार्थलाई रोटी तथा फलफूलको जुसमा समेत मिलाउन सकिने तर्फ थप अनुसन्धान गरिरहेको बताएका छन् ।
ठूलो आन्द्राको कोलोन भन्ने भागमा प्रोप्रायोनेट भन्ने तत्व कसरी पठाउन सकिन्छ भन्ने विषयमा शोधकर्ताहरुले अनुसन्धान गरेका थिए । यो तत्वले सरीरमा यस्तो हर्मोन उत्सर्जनलाई बढावा गर्छ जसले भोकलाई नियन्त्रण गर्छ ।
यद्यपि यो पदार्थ खानेकुरामा सिधै मिसाउँदा भने त्यो प्रभावकारी बन्दैन किनकी त्यो पदार्थ पेटमै पच्दछ र ठूलो आन्द्रासम्म जान पाउँदैन ।
त्यसकारण वैज्ञानिकहरुले यो रसायनलाई प्राकृतिक कार्बोहाइड्रेडसँग आबद्ध गरेर ठूलो आन्द्रासम्म पठाउने विधिको खोज गरे । वनस्पतीमा पाइने त्यस्तो कार्बोहाइड्रेट इनुलिन हो ।
इनुलिनसँग आबद्ध भएपछि प्रोपायोनेट सजिलैसँग कोलोनसम्म पुग्दछ र त्यहाँ पुगेपछि ब्याक्टेरियाले प्रोपायोनेटलाई विच्छेद गर्छन् । अनि त्यसबाट मुक्त भएको प्रोपायोनेटले सरीरमा भोक कम गर्ने तथा अघाएको महसुस गराउने हर्मोन उत्पादन बढि हुन्छ ।
यसरी इनुलिनसँग उक्त प्रोपायोनेट मिलाएर तयार पारिएको नयाँ पदार्थ आइपीइ सेवन गरेका मानिसहरुले सामान्य अवस्थामा भन्दा १४ प्रतिशत कम खानेकुरा खाएरै अघाएको पाइएको छ ।
यसरी यो नयाँ पदार्थलाई खानामा मिलाएर नियमित रुपमा खान सकिएमा बढि खानेकुरा सेवन गरी मोटोपनाको सिकार हुने जोखिम घट्ने तर्क शोधकर्ताहरुको छ । विश्वमा मोटोपना ठूलै प्रकोपको रुपमा बढिरहेको अवस्थामा पछिल्लो अनुसन्धानले मोटोपना नियन्त्रणमा आशा जगाएको वैज्ञानिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment