Comments Add Comment

संस्थानमा नियुक्ति गर्दा करोड खाएको भन्दै मन्त्रीबाट हटाउन लविङ

२ पुस, काठमाडौं । सुशील कोइरालाले प्रधानमन्त्री राहत कोषबाट आफैंलाई डेढ करोड रकम सहयोग उपलब्ध गराएको बेला उनकै क्याबिनेट मन्त्रीले भने नियुक्तिमा करोड खाएको भन्दै कार्यकर्ता विरोधमा उत्रिएका छन् ।

प्रसंग वाणिज्यमन्त्री एवं राप्रपा नेता सुनील थापाको हो । उनले हालै मन्त्रालयअन्र्गतका विभिन्न संस्थानमा नियुक्त गरेका थिए । खाद्य संस्थानको जिएममा प्रकाशबहादुर केसी, नेसनल ट्रेडिङमा धनबहादुर बुढा र राष्ट्रिय पारवहनमा किशोरबहादुर कार्कीलाई नियुत्त गरिएको जनआस्था साप्ताहिकमा खबर छ । बुढा राप्रपाका केन्द्रीय सदस्य एवं पशुपति समशेरका विश्वासपात्र मान्छिन भने कार्की सुनील निकट । केसीलाई एक करोड रकम लिएर नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्य मन्त्रीबाट हटाएर कारबाही गर्न अध्यक्ष पशुपतिसमशेरकहाँ धाउन थालेका छन् ।

थापाले आफ्ना नातेदार एवं राप्रपा कास्कीका नेता देवीबहादुर कुँवरमार्फत केसीसँग १ करोड लिएरु पाँच लाख आफूले राकी बाँकी रकम सुनील थापालाई दिएको प्रमाण आफूसँग रहेको ती केन्द्रीय सदस्यको दाबी छ । किशोरबहादुर कार्कीलाई पारवहनमा नियुक्त गरेको विषय पनि विवादित छ । कार्की पार्टीका केन्द्रीय सदस्य हुन् । उनको ठाउँमा दीपक बोहरा, बुद्धिमान तामाङहरुले पदम तामाङको सिफारिस गरेका थिए ।

दीपक वनमन्त्री हुँदा पदमले वन विभागद्वारा बरामद रक्तचन्दन छुटाउन ३० लाख रकम दिएको तर बोहराले रक्तचन्दन छुटाउन नकसँदा पाँच लाख फिर्ता दिए पनि २५ लाख नतिरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment