Comments Add Comment

आलोकको नियति अरुले नभोगुन भन्दै कलाकारलाई मानसिक स्वास्थ्य परामर्श

alok and jeshika

काठमाडौं । एकपछि अर्का चलचित्रकर्मीहरुले आत्महत्या गर्न थालेको भन्दै कलाकारसंघले चलचित्रकर्मीका विचमा मानसिक स्वास्थ्यवारे छलफल सुरु गरेको छ ।
निर्देशक आलोक नेम्वाङले आत्महत्या गरेको महिना दिनपछि कलाकार संघले केही चलचित्रकर्मी जम्मा पारेर आत्महत्याको कारण खोज्ने प्रयाश गरेको छ ।
मानसिक तनाबकै कारण निर्देशक आलोकको अतिरिक्त नायिका जेशिका खड्का, श्रीषा कार्की, गायक कुल पोखरेल, गायिका योगिता मोक्तान लगायतले आत्महत्या गरिसकेका छन् ।
‘जेसिका र आलोकले अपनाएको बाटो अरू कलाकारले नरोजुन् भनेर हामीले यो कार्यक्रम गरेका हौं  ।’ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले अनलाइनखबरसँग भने ‘कलाकार सिर्जनशिल भएपनि आर्थिक अभावका कारण तनाबमा पर्ने गरेका छन् ।’
चलचित्रको बजार बिग्रनुको साथै अन्य कतिपय कारणले चलचित्रकर्मीहरू तनावमा हुने गरेको मनोरोग चिकित्सक डा. प्रदीपमान सिंहले बताए । कार्यक्रममा कलाकारमा आइपर्ने मानसिक समस्याबारे पनि जानकारी गराएका थिए उनले ।
कार्यक्रममा कलाकारहरू भुवन चन्द, दीपाश्री निरौला, गौरी मल्ल, किरण केसी, लक्ष्मी गिरीलगायतले आफ्ना समस्याबारे डा. सिंहसँग जिज्ञासा राखेका थिए ।
कलाकार संघका निवर्तमान अध्यक्ष रमेश बुढाथोकीले कलाकारले आफूलाई मानसिक समस्याबाट टाढा राख्ने प्रयास गर्नुपर्ने भन्दै समस्या देखिएमा तत्काल चिकित्सकसंग सल्लाह गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment