Comments Add Comment

गाई करणी गर्नेको सजायँ बढ्यो, मान्छेको घट्यो

३ पुस, काठमाडौं । कानूनमन्त्री नरहरि आचार्यले संसदमा पेश गरेको विधेयकमा १८ वर्ष माथिका महिलामाथि हुने करणीको सजायँ घटाए पनि गाई लगायतका चौपायामाथि हुने करणीको सजायँ बढाउने प्रस्ताव गरेका छन् ।

narahari Vs Muluki Actमन्त्री आचार्यले प्रस्ताव गरेको ‘फौजदारी कसुरसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा १८ वर्षभन्दा माथिको उमेर समूहका महिलामाथि हुने बलात्कारको सजायँ एक वर्ष घटाइएको छ ।

त्यसैगरी सामुहिक बलात्कार, अपाङ्गता भएका, अशक्त र गर्भवती महिलामाथि हुने बलात्कारको सजायँ दुईवर्ष घटाउने मन्त्री आचार्यले प्रस्ताव गरेका छन् ।

तर, आचार्यद्वारा प्रस्तुत विधेयकमा गाईलाई करणी गर्नेको सजायँ बढाइएको छ । यसअघि गाईको करणी गर्नेलाई दुईवर्ष कैद सजायँ हुने गरेकोमा आचार्य २० हजार जरिवाना थप गर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी गाई बाहेकका चौपायाको करणीमा यसअघि एकवर्षसम्म कैद र पाँचसय रुपैयाँ जरिवाना तोकिएकोमा ९ हजार पाँचसय रुपैयाँ जरिवाना थप गरी १० हजार पुर्‍याइएको छ ।

पशु करणीमा सजायँ थप गरिए पनि सामुहिक बलात्कार, गर्भवती महिला र अपाङ्गता भएका एवं १८ वर्ष पुगेका महिलामाथि हुने बलात्कारको सजायँ घटाउने प्रस्ताव अघि सारेर कानूनमन्त्री आलोचित बनेका छन् । मन्त्रीले बलात्कारमा सजायँ घटाउनुका साथै चोरीको हदम्याद समेत घटाउने प्रस्ताव गरेका छन् ।

समाजमा भने बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग भइरहेको छ ।

यो पनि पढ्नुहोस् : बलात्कारीको सजायँ घटाउने कानूनमन्त्रीको प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment