Comments Add Comment

स्पेनमा बन्दी बनाइएका रूकुमेलीबारे एनआरएनको चासो

spainबसन्त रानाभाट 

बार्सिलोना । स्पेनको सारागोसाको कारागारमा थुनिएका रूकुमका एक नेपाली प्रताप सिंह बुढाको अवस्थाबारे एनआरएनए स्पेनले चासो देखाएको छ ।

बुढाको बारेमा पूर्ण जानकारी कसैसँग नभएकोले उनलाई कारागारमा भेटि अवस्थाबारे जानकारी लिने संघले जनाएको छ । बुढालाई बिगत तीन महिनादेखि कारागारभित्र  थुनिएको छ ।

संघका अध्यक्ष एकराज गिरीले शनिबार साँझ ६ बजे उनलाई भेट्ने समय मिलेको बताएका छन्। गिरीले भने “पीडितले नेपाली कन्सुलर लुईस बेल्विसलाई सम्पर्क गरेका रहेछन् तर उनीबारे पूर्ण जानकारी भएन, त्यसैले म आफै भेट गर्न जादैछु। अहिले सम्मको जानकारी अनुसार एक बिदेशी महिलाले आफूलाई दुर्ब्यहार गरेको भन्दै उनी बिरुद्ध मुद्दा हालेको र  मुद्दा हारेपछि उनलाई जेल हालिएको भन्ने जानकारी आएको गिरीले बताए ।

आफूलाई कारागार भित्र काम गर्ने एक जर्मनी नागरिक डागमारले ईमेल मार्फत सम्पर्क गरी बुढाको आनीबानी दुर्रब्यहार गर्ने जस्तो नलागेको भनी लेखेर पठाएको पनि गिरीले बताए। बुढा सन् २००७ देखि स्पेनमा बस्दै आएको भन्ने बताईएको छ। पैसाको लागि बिदेशी युवतीले उनलाई दुर्रब्यहार भन्दै फसाएको हुन सक्ने आशंका गरिएको छ।

यसैबीच, एनआरएनए स्पेनले बुढालाई भेट गर्न ईच्छुक स्पेनस्थित नेपाली संघसस्थाका प्रतिनिधिहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ। डिसेम्बर २० तारिक शनिबार साँझ ६ बजे भेट गर्नको लागि कारागारले समय उपलब्ध गराएको छ। सारागोसामा नै बस्ने अर्का नेपाली बाबुराम भट्टराईको पहलमा नै उनलाई भेट्ने समय कारागारले उपलब्ध गराएको हो। बुढासँगको भेटपछि मात्र घटनाबारे सम्पूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment