Comments Add Comment

शिशुसहित अलपत्र किशोरीलाई प्रभुनारायणले दिए सहारा

४ पुस, कञ्चनपुर । विवाह गर्ने प्रलोभनमा पारेर आफ्नै फूपूको छोराले गर्भवती बनाई शिशु जन्मिँदा अलपत्र छाडेकी कञ्चनपुरको कृष्णपुर- १ की १४ वर्षीया किशोरीलाई एक युवकले श्रीमतीका रुपमा स्वीकार गरेर सहारा दिएका छन् ।

women-with-babyस्थानीय विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी किशोरीलाई उनकै फूपूको छोराले गर्भवती बनाई अलपत्र छाडेका हुन् । भारतको गुजरात प्रान्तको धुरा भन्ने ठाउँमा बस्दै आएका मोहनसिंह धामीले फकाएर शारीरिक सम्बन्ध बनाई बच्चा जन्मिएपछि ‘मेरो कुनै सम्बन्ध छैन’ भनी छाडेका थिए ।

३३ वर्षीय प्रभुनारायण चौधरीले बच्चासहित किशोरीलाई श्रीमती स्वीकार्ने गरी घरमा ल्याएर राखेका छन् । ‘फूपूको घरमा जाँदा धामीले विवाह गर्छु भनेर शारीरिक सम्बन्ध बनाएको हो’ पीडित किशोरीले भनिन्-‘घरमा आमाले बस्न नदिएपछि सहारा खोज्दै यहाँ बसेकी छु ।’

पीडामा परेको देखेपछि शिशुसहित स्वीकार गरेको प्रभुनारायणकी आमाले बताइन् । प्रभुनारायणकी आमा बसन्ती चौधरीले भनिन्-‘उनलाई कुनै दुख नदिई पाल्छौँ ।’ पीडित किशोरीले गर्भवती भएको समयमै थाहा नपाउँदा समस्या भोग्नुपरेको बताइन् ।

मंसिर २८ गते शिशु जन्मिएपछि आमाले थाहा पाई घरमा बस्न नदिएको किशोरीको भनाइ छ । बेसहारा बनेपछि चौधरी परिवारले घरमा बस्न दिएका छन् । किशोरीले भनिन्-‘अन्यत्र कोही सहारा छैन । कहाँ गएर बस्नु ? अब यही ठीक छ ।’

किशोरीका बुबा भारतमा मजदुरीका लागि गएका छन् । किशोरीलाई प्रलोभनमा पारेर बच्चा जन्माउने धामीमाथि कारबाही हुनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment