Comments Add Comment

राष्ट्रपतिदेखि मन्त्रीसम्मको सचिवालयमा नातेदारकै भीड

५ पुस, काठमाडौ । उपराष्ट्रपति परमानन्दझाको स्वकीय सचिवालय नातेदारबाटै भरिएको छ । राजनीतिक पृष्ठभूमि नरहेकाझाले परिवारकाचार सदस्यलाई उपल्लो तहको सुविधापाउने गरी आफ्नो सचिवालयमाभर्ती गरेका छन्, राजधानी दैनिकमाखबर छ ।

paramananda-jhaउपराष्ट्रपति झाले आफ्ना छोरा कृष्णचन्द्र झालाई नै प्रमुख स्वकीय सचिवबनाएका छन् ।

यस्तै, भतिजा देवानन्दझाउपराष्ट्रपति कार्यालयका स्वकीय सहमसचिवमा कार्यरत छन् । देवानन्दले सहमसचिसरहको सेवा सुविधाउपराष्ट्रपति कार्यालयको स्वकीय सचिवालयबाट बुझ्ने गर्छन् ।

उपराष्ट्रपति झाले बुहारीलाई पनि स्वकीय सचिवालयमै जागिर खुवाएका छन् । उनकीबुहारी श्यामली झा उपराष्ट्रपति कार्यालयको स्वकीय सचिवालय रही सहमचिव सरहको सुविधालिने गरी नियुक्तपाएका छन् । केही समयअघि सम्मझाकी छोरी ज्योतिझा पनि स्वकीय सचिवालयमै रहेकीथिइन् । संयुक्त राष्ट्र संघको प्रोजेक्टमा कामगर्न थालेपछि मात्रै उनले सचिवालय छाडेकीहुन् ।

स्रोतका अनुसार उपराष्ट्रपति झाले कानूनी सल्लाहकार र प्रेस सल्लाहकार पनि आफन्त राख्न सरकारसँग दरबन्दीमाग गरेका छन् । उनले अर्थ मन्त्रालयमातीदुई सल्लाहकार राख्न पटकपटक दबाबदिँदै पत्र पठाइसकेका छन् । तर अर्थले अझैसम्म स्वीकृति दिएको छैन । परिवारकै सदस्य स्वकीय सचिव (पीए) भएर कामगर्न कति सहज हुन्छ भन्ने जिज्ञासामा उपराष्ट्रपति झाका सचिवालयमा कार्यरत कोही पनि बोल्न चाहदैनन् ।

राजधानीको जिज्ञासामा उपराष्ट्रपति झाकाभतिजा देवानन्दले केहीपनिबोल्न चाहदैनन् ।

स्वकीय सचिवालयमा छोराछोरी, भाइबुहारी, भतिजाभतिजी राख्नेमाउपराष्ट्रपति झाएक्लो विशिष्ट ब्यक्तिभने होइनन् । राष्ट्रपति डा.रामबरण यादवपनियही सूचीमा छन् । उनले स्वकीय सचिवमाभतिजा समीर यादवलाई अवसर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment