Comments Add Comment

क्षमताभन्दा बढी कैदी राखिएको भन्दै मुद्दा दायर

५ पुस, बाँके । नेपालगन्ज कारागारमा क्षमताभन्दा बढी कैदी राखिएपछि शुक्रबार सार्वजनिक सरोकारको मुद्दा दायर गरिएको छ ।

क्षमताअनुसार कैदी राख्न राख्न पटक पटक आग्रह गर्दा पनि व्यवस्थापन नभएपछि पुनरावेदन अदालतमा नेपालगन्जमा मुद्दा दायर गरिएको हो ।

नेपालगन्जका अधिवक्ता विश्वजित तिवारी, सुनिल श्रेष्ठ र बलबहादुर चन्दले संयुक्त रुपमा सो मुद्दा दायर गर्नुभएको हो । कारागार विभागले २५० कैदी राख्न सक्ने क्षमता निर्धारण गरे पनि अहिले त्यहाँ ५५५ कैदीबन्दी कोचाकोच गरेर राखिएको छ ।

ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

यसैबीच ज्यान मुद्दामा फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट हथियाही गाविस-७ रुपनारायण चौधरी रहेको प्रहरीले जनाएको छ । गत साल भदौ ९ गते हथियाही गाविस-६ का सन्तोष साहलाई हत्या गरी नहरमा फालेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सानुबाबु थपलियाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment