Comments Add Comment

सन् २०१४ सम्झाउने केही चर्चित तस्वीर

भनिन्छ, एउटै तस्वीरले हजार शब्द बयान गर्न सक्छ । तस्वीर यति शक्तिशाली हुन्छ कि त्यसले एउटै युगको बयान गर्न सक्छ ।
सन् २०१४ लाई सम्झिन केही तस्वीर पर्याप्त छन् । युक्रेनको बिबाद, मलेसियन एयरलाइन्स वेपत्ता प्रकरण, इबोला, सिरिया र इराक युद्द लगायत यस्ता दर्जनौं चर्चित घटनालाई समेटेर बिश्वभरका फोटो पत्रकार खिचेका तस्वीरको संग्रह हामी यहाँ प्रस्तुत गर्दे छौं –

सिरियामा करिव दुई बर्षदेखि चलिरहेको युद्धले यो बर्ष पनि हजारौंको ज्यान लियो । तस्वीरमा एलेप्पो शहरमा बिष्फोटबाट ज्यान बचाएका एक नाबालकलाई काखमा लिँदै एक अधैबैसे स्थानीय ।

फेब्रुअरीमा रसियाको समर्थनप्राप्त तत्कालिन युक्रेनी राष्ट्रपतिबिरुद्धको प्रर्दशनका क्रममा स्वतन्त्रता स्क्वायरमा प्रर्दशनीकारीले कब्जा जमाउँदै ।

थाइल्याण्डमा मे महिनामा सेनाले निर्वाचित सरकारलाई बर्खास्त गर्दै सत्ता हातमा लिएपछि प्रर्दशनमा उत्रिएका उपदस्त प्रधानमन्त्रीका समर्थकले सडकमा एक भिक्षुमाथि मुक्का प्रहार गर्दै ।

जुनमा आयोजित बिश्वकपअघि ब्राजिलको रियो दि जेनेरियाको सुकुम्बासी बस्तीमा अबैधानिक यौन अखडामाथि आक्रमण गर्दै प्रहरी ।

ब्राजिलको एमाजोन नदी किनारमा बस्ने भारतीयहरु जो कहिल्यै पनि मानव बस्तीसँग घुलमिल भएनन् । हेलिकोप्टरबाट उनीहरुको बस्तीमाथि पुगेर तस्वीर खिच्न खोज्दा उनीहरु आक्रामणमा उत्रिए ।
ब्राजिलको एमाजोन नदी किनारमा बस्ने इन्डियनहरू जो कहिल्यै पनि मानव बस्तीसँग घुलमिल भएनन् । हेलिकोप्टरबाट उनीहरुको बस्तीमाथि पुगेर तस्वीर खिच्न खोज्दा उनीहरु आक्रामणमा उत्रिए ।
रसियाको सैनिक स्कूलका बिद्यार्थी अप्रिल महिनामा दुवै हातमा राइफल लिएर पोज दिँदै ।

अप्रिलमा नाइजेरियाको अबुजामा भएको बम बिष्फोटमा री ७१ जनाले ज्यान गुमाएपछि आफन्तहरु भावबिह्ल अबस्थामा ।

युक्रेनमा लडाईं गरिरहेका रसिया सर्मर्थित बिद्रोही घाइते भएपछि अस्पताल परिसरमा उनको बन्दुक समातेर बाहिर निस्कन सहयोग गर्दै अस्पतालकी कर्मचारी ।

अप्रिलमा अफगानिस्तानमा भएको राष्ट्रपति निर्वाचनमा सडक संजाल नपुगेको ठाउँमा गधाले मतपेटिका ढुवानी गर्दै ।

बिश्वकपका दौरान उरग्वेका लुइस स्वरेज इटालीका जर्जियो चिलिनीको काँधमा टोकेपछिको अबस्थामा यसरी क्यामेरामा क्याप्चर भए ।
बिश्वकपका दौरान उरग्वेका लुइस स्वरेज इटालीका जर्जियो चिलिनीको काँधमा टोकेपछिको अबस्थामा यसरी क्यामेरामा क्याप्चर भए ।स्वरेजलाई फिफाले नौ वटा अन्तराष्ट्रिय खेलको प्रतिबन्ध लगाएको थियो ।
स्वरेजलाई फिफाले नौ वटा अन्तराष्ट्रिय खेलको प्रतिबन्ध लगाएको थियो ।
जुलाईमा इजरायलले गाजापट्टीमा गरेको हवाई आक्रामणपछिको बिष्फोट र आगजनी । सात हप्ता चलेको युद्धमा २ हजार २ सयले ज्यान गुमाए ।
जुलाईमा मलेसियाली एयरलाइन्सको यात्रुबाहक जहाज रसियाली सीमा नजिक युक्रेनी आकाशमा रकेट प्रहार गरि खसालिएपछिको भग्नावशेष ।

स्लामिक स्टेट अर्थात आइएसआईएसका लडाकूको आक्रामणपछि स्थानीय अल्पसंख्यकहरु आफ्ना बस्तुभाउसहित सिरियाली सीमातिर भाग्दै ।

गाजामा इजरायली आक्रमणबाट बिष्फोट भएको घर पुरिएका १० बर्षे बालकलाई शकुशल उद्दार गरिँदै ।

अमेरिकाको क्यालिफोर्नियामा खडेरीका कारण सुकेको ओरोभिल ताल । अगष्ट महिनामा यो ताल झण्डै खुख्खा हुने अबस्थामा पुग्यो ।

फर्गुसनमा भएको प्रर्दशनका क्रममा सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यासको असर कम गर्न एक प्रर्दशनकारीले दूधले मुख धुँदै ।

प्यालेस्टाइनको हमासले इजरायलमा आक्रमण गर्न भूमीगत टनेलहरुको प्रयोग गर्दछ । रोयटर्सका फोटोपत्रकारले ती टनेलभित्र पुगेर हमासका लडाकूको तस्वीर खिचे ।

सन् २०१३ को डिसेम्बरदेखि पश्चिम अफ्रिकामा सुरु भएको इबोला रोगको महामारीले हजारौैंको ज्यान लियो । तस्वीरमा लाइबेरियाकी एक महिला इबोलाका कारण ढलेका आफ्ना पतिको अगाडी बिलौना गर्दैछिन् ।

अगष्टमा इजिप्टको मध्यस्ततामा हमास र इजरायलवीच भएको युद्धबिरामपछि गाजापट्टीका हातमा बन्दुक लिएर खुसी मनाउँदै ।

सेप्टेम्बर १९ मा एउटा ह्वाइट हाउसको उत्तरी क्षेत्रबाट कम्पाउन्डभित्र प्रवेश गरेपछि राष्ट्रपतिको सुरक्षा गर्ने नियका सिक्रेट सर्भिसका अधिकारी उनीमाथि जाइलाग्दै ।

सेप्टेम्बरमा चिनियाँ कम्युनिष्ट पार्टीले स्वीकृति प्रदान गरेका उम्मेदवारमात्र चुनाव लड्न पाउने ब्यबस्थापछि हङकङका स्थानीयबासी सडक प्रर्दशनमा उत्रिए । प्रर्दशन अहिले पनि जारी छ ।

छठका अबसरमा भारतको यमुना नदीमा फोहोरका वीच स्नान गरिरहेका स्थानीय भक्तजनहरु ।

स्रोतः बिजनेस इनसाइडर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment