Comments Add Comment

बाँकेमा महिलाभन्दा पुरुष बढी निरक्षर

आरपी सुवेदी

६ पुस, नेपालगन्ज । बाँकेमा महिलाभन्दा तीन गुणबढी पुरुष निरक्षर भएको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालय बाँकेको संयोजन तथा अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरको आयोजनामा नेपालगन्जमा आयोजित एक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।

education-bake

जिल्ला शिक्षा कार्यालय बाँकेका अनौपचारिक शिक्षा फाँट हेर्दै आएका विद्यालय निरिक्षक उद्धव श्रेष्ठले प्रस्तुत गरेको तथ्याङ्कमा बाँकेमा निरक्षर महिलाभन्दा पुरुषको संख्या तीन गुणा बढी छ ।

उनले सार्वजविक गरेको तथ्याङ्क अनुसार जिल्लामा निरक्षर महिलाको संख्या ९ हजार ६० रहेको छ भने निरक्षर पुरुष २७ हजार ३ सय १ रहेका छन् । सरकारले सन २०१५ सबैलाई साक्षर बनाउने लक्ष्यका साथ सबै जिल्लामा कार्यर्क्रम सञ्चालन भएको छ ।

बाँके जिल्लामा २०६७ सालमा गरिएको घरधुरी सर्वेक्षणबाट ५६ हजार ९ सय २० महिला र ३७ हजार ६ सय ४५ पुरुष गरी जम्मा ९४ हजार ५ सय ६५ निरक्षर रहेको पाईएकोमा २०७० सम्म ४७ हजार ८ सय ६० महिला र १० हजार ३ सय ४४ पुरुष गरी जम्मा ५८ हजार २ सय ४ जना साक्षर भएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ ।

घोषित लक्ष्य पुरा गर्नको लागि बाँकेमा यो वर्षमा ३२ हजार ९ सय ९० लाई साक्षर बनाउनको लागि जिल्लाका १३ गाविसहरुमा कोटा वितरण गरी सकेको जानकारी विद्यालय निरिक्षक श्रेष्ठले दिए ।

सो अवसरमा शिक्षा विभागको अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुर शाखाअधिकृत विमला मिश्रले सरकारले सन २०१५ सम्ममा सबैलाई साक्षर बनाउने लक्ष्यका साथ घोषित कार्यक्रम सफल पार्नको लागि सबै क्षेत्रसंगको सहकार्य हुनु पर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment