Comments Add Comment

अर्काको जग्गा बेच्ने मालपोतका कर्मचारीसहित ५ पक्राउ

६ पुस, काठमाडौं । नक्कली जग्गा धनी बनेर अर्काको जग्गा बेच्ने दुई सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । महानरीय प्रहरी परिसर हनुमानढोकाले नुवाकोटका सुजन भेटवाल, लमजुङका चन्द्रदेवी केसी र श्वेता कार्कीलाई पक्राउ गरेको हो ।

तत्कालीन मालपोत कार्यालय चावहिलका कर्मचारी रमेश ज्ञवाली र भुवन थापा पनि पक्राउ परेका छन् । ज्ञवाली हाल गोश्वारा हुलाक कार्यालय सुन्धारामा खरिदार छन् भने थापा भूमि सुधार कार्यालय भत्तपुरका नायब सुब्बा हुन् ।

उनीहरुले मानबहादुर थापाको नाममा रहेको महांकाल ६ को १३१.८५ बर्ग मिटर कायम भएको जग्गा नक्कली जग्गाधनी बनेर बेचेका थिए ।

उक्त जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी बनाएर मालपोत कार्यालय चावहिलबाट २०६८ मााघ १५ गते उक्त जग्गा श्वेता कार्की र चन्द्रा देबी के.सी.को नाममा रजिष्ट्रेशन पास गरिएको थियो । २०६९ वैशाख २६ गते पुर्णलक्ष्मी चक्रधरको नाममा लिखत पारित गरी हक हस्तारन्तरण भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment