Comments Add Comment

जलविद्युत कम्पनीले २ अर्बको साधारण सेयर निष्काशन गर्ने

jalbiddut companey६ पुस काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । यो हालसम्मकै ठुलो साधारण सेयर हो ।

आइतबार कम्पनीले जारी गर्न लागेको सेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्ति गरेको छ ।

अन्नपूर्ण होटलमा भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियार र कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

हाल यो कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले दुई करोड कित्ता सर्वसाधारण सेयर जारी गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले अनुमति दिनेवित्तिकै सेयर जारी हुने सिइओ रौनियारले जानकारी दिए ।

कम्पनीले हालसम्म ६ वटा आयोजनामा लगानी गर्न संझौता गरिसकेको छ । केही सयमभित्रै थप एक कम्पनीमा लगानी गर्न संझौता गर्ने तयारी भइरहेको रौनियारले बताए ।

कम्पनीले एशियाली विकास बैंकसँग करिब ८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने तयारी गरिरहेकेा उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment