+
+
Shares

‘जुठे’ मार्फत दर्शक रुवाउँदै बल्छी धुर्वे, पछिल्लो एपिसोडमा कथा के थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १४:४१

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ निर्देशित टिभी श्रृंखला ‘जुठे’ अहिले चर्चामा छ । विश्वकप फुटबलको यो माहोलबीचमा पनि दर्शकले यो सिरियललाई रुचाउँदै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

टिभी र युट्युबमा यसले लाखौं भ्यूज पाइरहेको छ । विशेषगरि पछिल्लो बुधबार प्रसारित एपिसोडको कथाले दर्शकलाई भावुक तुल्याएको छ । कतिपय दर्शकले कथाले आफूलाई रुवाएको बताएका छन् ।

उक्त एपिसोडमा गौरी पात्रको बच्चा खेर गएको सन्दर्भ देखाइएको छ । प्रसुति सन्दर्भको यो कथावस्तुले ग्रामीण नेपाली समाजको यथार्थ र बाध्यतालाई चित्रण गरेको छ ।

जंगलमा गौरीले बच्चा गुमाएपछि उनको मनोदशालाई गजबले चित्रण गरिएको छ । १७ घण्टामै यो एपिसोडलाई ६ लाखभन्दा धेरै दर्शकले हेरेका छन् भने १८ सयभन्दा धेरै प्रतिक्रिया प्राप्त छ । सबै प्रतिक्रिया सकारात्मक छन् र कथाले रुवाएको बताएका छन् ।

ग्रामीण नेपाली समाजको यथार्थ र विभेदलाई पर्दामा उतार्न खप्पीस बल्छी धुर्बेले ‘जुठे’मा पनि त्यस्तै कथालाई यसपटक पस्किएका छन् । यो कथामा अर्गानिकपन देख्न सकिन्छ । जुठेमा बल्छी धुर्वे स्वयमसहित रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतको अभिनय छ।

‘जुुठे’ हिमालय टिभीमा बुधबार राति ८ बजे र ओएसआर युट्युब च्यानलमा साढे ८ बजे आउने गर्छ । मरिचमानकै अर्को कार्यक्रम ‘हल्का रमाइलो’ हिमालय टिभीमा आइतबार राति ८ बजे र बल्छी धुर्वे युट्युब च्यानलमा साढे ८ बजे प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?