Comments Add Comment

चितवनमा हात्तीको वनभोज

७ पुस, चितवन । ‘समाज, संरक्षण र सम्वृद्धि’ भन्ने नाराका साथ चितवनमा हात्ती महोत्सवको ११ औं संस्करण सुरु हुँदैछ । आगामी शुक्रबारदेखि १५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

Souraha-elephantआन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, लोप हुदैं गएका हात्तीहरुको संरक्षण तथा वन्यजन्तु संरक्षणमा जनचेतना जगाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक क्षेत्रीय होटल संघ नेपाल चितवनले जनाएको छ ।

हात्तिहरुको बनभोज कार्यक्रमको नौलो आकर्षणको रुपमा लिइएको छ । सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुने महोत्सवमा हात्ति दौड, हात्तिका छावाहरुको फुटबल, गाडा दौड, टाँगा दौड र डुङ्गा दौड प्रतियोगिता आयोजना हुने छ । महोत्सव अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।

कार्यक्रम उदघाटनको दिन एभिया क्लबको अल्ट्रा फ्लाइटले झण्डोत्तलन र पुष्प बर्षा गर्नेछ ।

महोत्सव आयोजना गर्न ३७ लाख ६९ हजार ६ सय ३० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रम स्थलमा निःशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।

समाचार सम्प्रेषण गर्न मिडिया सेन्टरको व्यवस्था गरिएको छ । सुरक्षाव्यवस्थाको लागिकार्यक्रम स्थल वरपर पर्यटन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय क्लबका स्वयम्सेवक परिचालन गरिने छ । यस्तै प्राथमिक उपचार कक्ष र एम्बुलेन्सको व्यवस्था पनि हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment