Comments Add Comment

प्रकृयाको विकल्प छैन : प्रकाशमान सिंह

Prakashman-sing-at-rukum७ पुस, रुकुम । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले विवादित बिषयमा सहमति नजुटे प्रकृयाबाट नयाँ संविधान जारी गर्नुको बिकल्प नभएको बताएका छन् ।

रुकुमलाई सोमबार नेपालकै १८ औँ खुला दिसामुक्त जिल्ला घोषणा गर्दै मन्त्री सिंहले संविधानका विवादित बिषयमा अब अलमल गर्नुभन्दा प्रकृयाको बाटो रोज्नु पर्ने बताए ।

‘लामो समयसम्म सहमतिबाटै अगाडि बढ्ने प्रयास असफल भएपछि अब विकल्पको बाटोबाट माघ ८ मा संविधान जारी गर्नुपर्छ,’ रुकुम सदरमुकाम खलंगामा आयोजित खुला दिसामुक्त घोषणा कार्यक्रममा भने ।

संबिधानसभामा पेश भैसकेको बिषय सम्बाद समितिमा फर्काउने र प्रकृयामा नजाने भनि एकीकृत माओवादी सहितको मोर्चाले अडान लिनु संविधान नबनाउने खेल भएको उनको ठम्याइ छ ।

सहमतिको रटान लगाउने तर सहमति नजुट्दा जनताको संविधान नआउने भन्दै मन्त्री सिंहले विवादित विषयहरु अब संविधानसभा भित्रै छलफल हुनुपर्ने बताए ।

संविधान जारी भएपछि मात्रै सरकार परिवर्तन हुने उनले स्पष्ट पनि पारे । मन्त्री सिंहले भने, ‘कसैले चाहदैमा सरकार परिवर्तन हुने र नहुने होइन पहिला राजनीतिक दलहरुबीच जे सहमति भएको छ सोही अनुसार सरकारको आयु रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment