Comments Add Comment

टप फाइभ मोबाइलको क्रिसमस अफर

९ पुस, काठमाडौं । न्युरोडको ताम्राकार कम्प्लेक्समा रहेको टप फाइभ मोबाइल्स प्रालीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर बिशेष छुट र हातखाली नजाने उपहार योजना ल्याएको छ ।

Top--5-mobile-Logo-finalयोजनामा कम्पनीले केहि मोडलहरुमा ३० प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ । सोनी कम्पनीको जेड अल्ट्रा, एक्सपेरिया ई, एलजीको ई ४००, एल वान डी वान र जिप्रोलाइटमा ३० प्रतिशतसम्म छुट दिने कम्पनीकी मार्केटिङ म्यानेजर समा श्रेष्ठले जानकारी दिइन ।

क्रिशमसको अवसर पारी ल्याइएको यो योजना अंग्रेजी नयाँ बर्षसम्म लागु हुने बताइएको छ । तुलनात्मक रुपमा महंगा मानिने सेटहरु सोनीको जेड ३, सामसुङ नोट ४, सामासुङ अल्फा, एलजीको जिथ्री, हुवावे, बिक्यु, कलर्स, कार्बन, जियोनी, लाभा, इन्टेक्स, अल्काटेलका  बिभिन्न मोडलहरु बिशेष छुटमा बिक्री गर्ने बताइएको छ ।

हात खाली नजाने उपहार अन्तर्गत १ सय ५० रुपैयाँदेखि १० हजार ५ सय रुपैयाँसम्मका उपहार राखेको प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए । यो योजनासँगै कम्पनीले एक्सचेन्ज अफर योजना पनि ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment