Comments Add Comment

राग गोल्ड पान मसला बजारमा, ब्रान्ड एम्बेसडर बने राजेश हमाल

Rara-Gold-Pan-Masala
६ पुस, काठमाडौं । भारतीय मोदी इन्टरप्राइजेजको अग्रणी कम्पनी गडफ्रे फिलिप्स इन्डियाले राग गोल्ड पान मसला नेपाली बजारमा भित्राएको छ । सुपारी, अलैंची लगायतका मसलाहरु प्रयोग गरिएको राग गोल्ड सोमबारदेखि बिक्री सुरु गरिएको हो ।

गडफ्रेले चिया, पान मसला, चुइङ्ग, कन्फेक्सनरी लगायतका वस्तुहरु उत्पादन गर्दै आएको छ । भारतको उत्तरी भागबाट व्यवसाय सञ्चालन गरी पश्चिम भेगसम्म पुर्‍याएको यस कम्पनीले आर्थिक वर्ष २०१३/०१४ मा ४२ सय करोडको कारोबार गरेको थियो ।

राग गोल्ड पान मसला नेपाली बजारमा ४ ग्रामको प्याकेटमा पाइने बताइएको छ । जसको मूल्य १२ रुपैयाँ तोकिएको छ । कम्पनीले नेपालका लागि ब्रान्ड एम्बासडरमा नायक राजेश हमाललाई नियुक्त गरेको छ ।

Rara-Gold-Pan-Masala-3

कम्पनीले टोबाको नमिसाइएको हुँदा यो पान मसला खाँदा मानव स्वास्थ्यलाई कुनै असर नगर्ने दाबी गरेको छ । नायक राजेश हमालले पनि यस उत्पादनबाट आफू सन्तुष्ट भएर नै ब्रान्ड एम्बासडर बन्न राजी भएको बताए ।

कम्पनीले पान भिलास पान मसला केही वर्ष अगाडि बजारमा ल्याएको थियो । हालैमात्र कम्पनीले माउथ फ्रेसनर बजारमा ल्याएको छ । जसलाई केही समय पछाडि नेपाली बजारमा भित्राउने कम्पनीले जानकारी दिएको छ ।

यस कम्पनीले भारतको विभिन्न क्षेत्रमा फैलिएको सिगार मार्केटलाई एकतृत गर्दै सिगार वितरणको लागि मार्केटमा अग्रणी स्थान हासिल गरेको छ । कम्पनीले आफुलाई भारतमा सबैभन्दा ठूलो सिगार आयातकर्ता कम्पनी भएको दाबी गरेको छ ।

Rara-Gold-Pan-Masala-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment