Comments Add Comment

पश्चिमाञ्चल बैंकले २० प्रतिशत बोनस सेयर दिने, पूणिर्माको नाफा ३करोड

सलमान खान

१४ माघ, भैरहवा । बुटवलमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर दिने भएको छ ।Paschmaanchel bikash bank

बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्तापवलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको बैंकका सहायक महाप्रबन्धक राजेन्द्र सुवेदीले बताए ।

सुवेदीका अनुसार आगामी महिना हुने साधारण सभापछि बोनस सेयर वितरण गरिने सुवेदीले जानकारी दिए । हाल बैंकको चुक्ता पूँजी ३३ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

दश जिल्ला कार्य क्षेत्र रहेको बैंकका हाल ९ जिल्लामा १४ वटा शाखा सञ्चालनमा रहेका छन् । बैंकले चालु आर्थिक बर्षको पुष मसान्तसम्म ६ करोड २५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत बर्षको यसै अबधिकोभन्दा १ सय २० प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कूल कर्जामा खराब कर्जाको अनुपात ०.७४ प्रतिशत रहेको बैंकले जनाएको छ ।

पूणिर्माको नाफा २ करोड ९४ लाख

Purnima bikas bankत्यस्तै पूणिर्मा बिकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २ करोड ९४ लाख नाफा कमाएको छ ।

यस अवधिमा बैंकले सो १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुडले बताए ।

भैरहवामा केन्दि्रय कार्यालय रहेको बैंकको अहिले रुपन्देहीकै भलवारी, ड्राईभर टोल, बुटवल र सुर्यपुरा तथा नवलपरासीको परासी बजारमा शाखा सञ्चालनमा छ भने रुपन्देहीकै धकधईमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ ।

यसै आर्थिक बर्षभित्र काउन्टरलाई शाखा बनाउने र चितवनमा नँया शाखा बिस्तार गर्ने योजना बैंकको रहेको गुरुडले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment