News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा शनिबार बिहानदेखि अव्यवस्थित टहराहरू भत्काउन डोजर चलाइएको छ।
- नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बस्ती खाली गराइरहेको छ।
- सरकारले दशरथ रंगशालामा होल्डिङ सेन्टर राखेर सुकुमवासीको पहिचान गरिरहेको छ।
१२ वैशाख, काठमाडौं । शनिबार बिहानदेखि काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा धमाधम डोजर चलिरहेको छ । सरकारले पूर्वसूचना जारी गर्दै हिजो साँझ ७ बजेसम्म नै बस्ती खाली गराउन भनेको थियो ।
सोही अनुसार, शनिबार बिहानैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बस्ती खाली गराइरहेको छ ।
यसैबीच बिहान थापाथली आसपासका क्षेत्रमा रहेका अव्यवस्थित रूपमा बनेका टहराहरू भत्काइएको थियो ।
दिउँसो सिनामंगल र गैरीगाउँ क्षेत्रमा पनि टहरामा डोजर लगाइएको छ । सुकुमवासी बस्तीमा डोजर चलिरहँदा केही भावुक, केही दु:खद दृश्य पनि देखिएका छन् ।
थापाथलीमा एक आमाले आफ्नो बच्चालाई सडकमै कोक्रो राखेर सुताइरहेको दृश्य देखियो । सञ्जालमा यसबारे टिप्पणी गर्दै उचित व्यवस्थापनको माग गरिरहेको भेटिन्छ ।
दिउँसोबाट डोजर चल्न सुरु भएको गैरीगाउँ क्षेत्रमा बस्तीका व्यक्तिहरू धमाधम सामान सारिरहेका छन् । उनीहरूलाई सुरक्षा प्रशासनले थप सहयोग गरिरहेको छ ।
एकातिर डोजर चलिरहेको देखिन्छ, अर्कोतिर मान्छेहरू आफ्ना सामानहरू गाडीमा राखेर हिंडिरहेको पनि ।
यसैबीच सरकारले दशरथ रंगशालामा होल्डिङ सेन्टर राखेर वास्तविक सुकुमवासीको पनि पहिचान गरिरहेको छ ।
हेर्नुस् थप तस्वीरहरू :
















प्रतिक्रिया 4