Comments Add Comment

नेपाली सैनिक दिनभर बंकरमा

१५ माघ, काठमाडौं । इजरायल र लेबनानको हिजबुल्लाह लडाकु समूहबीच बुधबार भीडन्त चर्किएको छ । सो क्षेत्रमा खटिएको नेपाली शान्ति मिसन टोली भने दिनभर बंकरमा बसेर सुरक्षित छ ।

लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा बुधबार इजरायलको मानवरहित सैनिक जहाज (ड्रोन) को हमला भएको छ । हिजबुल्लाह समूहले पनि इजरायली सेनामाथि फायरिङ गरिरहेको नयाँ पत्रिकामा खबर छ ।

‘हिजबुल्लाह लडाकु र इजरायली फोर्सबीच दोहोरो फायरिङ हुने क्रममा इजरायली ड्रोनको आक्रमणबाट एक जना पिसकिपर (शान्ति सैनिक) को निधन भयो, हामी सबै नेपाली टोली सकुशल छौ’ दक्षिण लेबनानको मेस इल जाबेलस्थित कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र गिरीले इमेलमा भने, ‘दिनभर हामी बंकरमा बस्यौ, सकुशल छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment