Comments Add Comment

इंग्ल्याण्डसँगको हारसँगै भारत श्रृखलाबाट बाहिरियो

England-Cric-team

१६ माघ, काठमाडौं । त्रिकोणीय वेन डे सिरिजमा भारत इंग्ल्याण्डसँग ३ विकेटले पराजित भएको छ । हारसँगै भारत श्रृखलाबाट बाहिरिएको छ ।

अब उपाधिका लागि आयोजक अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्नेछन् ।

भारतले प्रस्तुत गरेको २०१ रनको लक्ष्य इंग्ल्याण्डले ४६.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डको सुरुवात भने खराव थियो ।

६६ रन जोड्दा ५ विकेट गुमाइसकेको उसको पारी जेम्स टेलर र जोश बट्लरले सम्हाले । उनीहरुले छैटौं विकेटका लागि १२५ रनको साझेदारी गर्दै इंग्ल्याण्डको जितको आधार तयार पारे ।

टेलर ८२ र बट्लर ६७ रनमा आउट भए । भारतका स्टुआर्ड विन्नीले ३ विकेट लिए भने मोहित शर्माले २ तथा मोहम्मद शामी र अक्सर पटेलले १-१ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर २०० रन बनाएको थियो । उसका लागि अजिन्क्या रहानेले ७३ र शिखर धवनले ३८ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

भारतलाई सस्तैमा समेट्ने क्रममा इंग्ल्याण्डका स्टभेन फिनले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment