Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुमा लगानीकर्ता डुबाउँदै विद्युत प्राधिकरण, टेलिकम कम्पनीले थपे २२ अर्ब लगानी, अल्पकालिन कर्जाले तरलतामा उचारचढाव शीर्षकमा मुख्य खबर प्रकाशित छन् ।

कारोबार दैनिकमा लगानीकर्ता डुबाउँदै विद्युत प्राधिकरण, सरकारका आँखा मन्दिरको भेटीमा, फार्मेसीमा मनपरी कमजोर नियमन, बैदेशिक रोजगारीका नयाँ गन्तब्य खोजिदै लगायतका खबर छन् ।

अभियान दैनिकमा टेलिकम कम्पनीले थपे २२ अर्ब लगानी, शिक्षा, उर्जा र जनशक्ति उत्पादनमा लगानी इच्छुक, त्रिशक्ति सिमेन्ट भारत निकासीको तयारी, १४ वाणिज्य बैंकको नाफा औसत ४२ प्रतिशत बढ्यो, सातामा नेप्से २७.४२ प्रतिशतले बढ्यो लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा अल्पकालीन कर्जाले तरलतामा उतारचढाव, त्रिभुवन अन्तर्राष्ट्रिय र निचगढ विमानस्थल प्याकेजमा, ग्यास कालोबजारी गर्ने गिरोह सक्रिय भएको दाबी लगायतका खबर छन् ।

नागरिक दैनिकमा तामाकोसीको बिजुली खेर जाने, आउँदैछ नेपाली जातको चिया, मापदण्ड भेट्न प्रतिब्यक्ति ३४ लिटर दूध नपुग, तीन देशमा पर्यटन प्रबर्द्धन गरिँदै, नेप्सेले हजार अंक छुने दाबी लगायतका खबर छन् ।

आर्थिक दैनिकमा तस्करको घेरामा राजश्व अनुसन्धान विभाग, राष्ट्रिय वाणिज्य बैंकले बर्जजस्ती महालक्ष्मी गार्मेन्ट बन्द गराएको खुलासा, १३ वाणिज्य बैंकको नाफा पाँच अर्ब, नेपालतर्फको भन्सार जाँचौकी निर्माण पूरा नभई भारतले भन्सार सार्ने लगायतका खबर छन् ।

annpurna-eco

arthik-eco

aviyan-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment