Comments Add Comment

‘अष्ट्रेलिया निचोरे, अब पालो अमेरिकाको’ : जीवन लुइटेल

jiwan-luitel
‘नाइ नभन्नु ल’देखि ‘नाइ नभन्नु ल २’ हुँदै ‘म तिम्रो भैसके, रिदम’ चलचित्र अष्ट्रेलियामा सफलतापूर्वक प्रदर्शनमा आए । यी चलचित्रको प्रदर्शनको समयमा नायक जीवन लुइटेल अष्ट्रेलियामा नै थिए ।

लगातार ५ बर्ष अष्ट्रेलियामा आफुद्धारा अभिनित चलचित्रको प्रदर्शन गरेर नायक जीवन लुइटेल यो बर्ष अमेरिका हानिए । दोश्रो  पटक अमेरिकामा हानिएका जीवन भन्छन्-‘अष्ट्रेलियाका गाउँदेखि शहर निचोरे, अब पालो अमेरिकाको ।’

अमेरिकामा पनि उनका लागि रमाइलो घटना घटिरहेको छ । अमेरिकाका पूर्वी शहरमा जीवनले अभिनय गरेको चलचित्र ‘ठूली’ प्रदर्शन भैरहेको छ । यस्तै, पश्चिम शहरमा  जीवनले नै अभिनय गरेको ‘स्टूपिड मन’को शो चलिरहेको छ । अब, मार्च महिनाको विचमा जीवनले नै अभिनय गरेको चलचित्र ‘भुल भूलैया’को शो हुँदैछ । यो चलचित्रको शो मार्च ७ मा हुने निर्देशक योगेश घिमिरेले जानकारी दिएका छन् ।

जीवनले भने-‘अमेरिकामा एक साथ मैले अभिनय गरेका चलचित्र जुध्दैछन् । सायद, नेपाली चलचित्रको इतिहासमा यो पहिलो होला, जहाँ एउटै कलाकारका चलचित्र विदेशमा जुधिरहेका छन् ।’

नेपाली चलचित्रको ओभरसिज मार्केटको खोजी भैरहेको समयमा नायक लुइटेल अभिनित ३ चलचित्र अमेरिकाका विभिन्न शहरमा प्रदर्शनको क्रममा छन् । जीवनले आफू चलचित्र ‘भुल भूलैया’को शो सकेर मात्र नेपाल र्फकने जानकारी दिएका छन् ।

यस्तै, जीवनले नेपाली संचारमाध्यममा चलचित्र ‘ब्रासलेट’मा काम गर्न लागेको भनेर आएको खबर सत्य नभएको बताए । उनले यो चलचित्रका लागि निर्देशक निर्मल शर्मासँग कुरा भएपनि पक्का नभएको जानकारी दिएका छन् । उनका अुनसार, उनी अमेरिकाबाट फर्केपछि शेखर कोइरालाको नयाँ चलचित्रमा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment