Comments Add Comment

गणपति ईम्पेक्सबाट १ लाख बढीको अवैध कपडा बरामद

१८ माघ, काठमाडौं । प्रहरीले काठमाडौंको गणपति इम्पेक्सबाट १ लाख १९ हजार रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ । भन्सार छलेर ल्याइएका १ सय ३३ थान कपडा बरामद गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

काठमाडौं महानगरपालिका २५ ओटुस्थित गणपति ईम्पेक्सका संचालक सुशील अग्रवालले राजश्व छलेर सर्टिङ सुटिङका कपडा भण्डारण गरेर बिक्री गर्दै आएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

बरामद कपडा राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोकमा बुझाइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment