Comments Add Comment

निर्देशक सोभित बस्नेत भन्छन- मेरा गर्लफ्रेण्ड छोराले घुमाउन थाल्यो

Shovit Basnet-director_1

भ्यालेन्टाइन विशेष

महिला पात्रसँग पटकपटक नाम जोडिने निर्देशकका रुपमा चिनिन्छन् सोभित बस्नेत । स्थापित हिरोईन मात्रै हैन दर्जनौं नयाँ युवतिसँग पनि उनको नाम जोडिन्छ ।

जसरी सम्बन्ध जोड्छन् टुटाउन पनि उत्तिकै खप्पीस छन् यी निर्देशक । कुनै बेला एउटै कपमा चीया पिउने युवतिसँग पनि अहिले पानी बाराबार छ उनको । यतिसम्म कि कार्यक्रममा भेट हुँदा पनि नचिने जस्तो गर्छन् ।

धेरै हिरोईनसँग संगत गरेकै कारण कहिलेकाँही हिरोईनहरुसँग मार मुङ्ग्रीको घटना खेपेका छन् उनले । तर, यी सब लफडासँग त्यति धेरै चिन्तित छैनन उनी । किनकी, हिरोईनसँग नाम जोडिनु पनि एउटा उपलब्धि हो भन्ने लाग्छ उनलाई । उनले गौरवसाथ भने -‘नेपाली फिल्म उद्योगमा भुवन केसी दाईपछि मेरै नाम आउँछ ।’

१६ वर्षको उमेरदेखि युवतीको सँगतमा रहेका सोभित अहिले ४० वर्ष पूरा भए । अहिले पनि बेलाबेलामा उनको दाँया वायाँ केटीहरु हुन्छन नै ।

केटी पट्याउन बाउ छोराको प्रतिस्पर्धा

पछिल्लो समय नेपाली फिल्म उद्योगमा उनको नयाँ किस्सा सुरु भएको छ- सोभित छोरा सलोनसँगै डेटिङ जान्छन् । बाबु छोराले एउटै युवतिलाई लाईन मार्छन् ।’

सोभित यो केबल किस्सा मात्रै हो भन्छन् । उनि भन्छन् ‘म अलि बढी जिस्कनुपर्ने मान्छे साथीहरुसंग बस्दा मैले नै भन्ने गरेको छु । मलाई चिन्ता छैन । मलाई सलोनले मिलाईदिन्छ म सलोनलाई मिलाईदिन्छु ।’

आफुले जिस्कँदा गरेको कुरालाई फिल्म उद्योगकै केही ब्यक्तिले बढी हल्ला गरेको भन्छन उनी ।

तर, बाबु छोराले एउटै केटीलाई लाईन मारेको भने स्वीकारे । कतिपय युवतिले अचेल उनलाई सोभित बस्नेत भन्दा पनि सलोन बस्नेतका बुबा भनेर चिन्न थालेकोमा उनी चिन्तित देखिए ।

‘साँच्चै प्रतिस्पर्धा गर्ने हो भने केटी पट्याउने मामलामा सलोन भन्दा दुईसय गुना अगाडी मै छु ।’ उनले आफ्नो पुरुषार्थ देखाउने शैलीमा भने-‘सलोन सोझो छ । हत्तपत्ति पट्याउन सक्दैन ।’

भिडियो

दुईटी केटी सलोनले फुत्काए

दुईटी युवतिलाई भने सलोनले सोभितकै अगाडी पट्याईदिएछन् । सोभितको भनाइअनुसार ‘चोर सिपाही’ को गीत ‘सारै मिठो छ कुवाको पानी…को सुटिङ हुँदै थियो ।

त्यहाँ नाच्ने मध्ये एउटी केटी सार्‍है राम्री थिइ । सोभितको आँखा लाग्यो । ‘मैले सोचें, अब यो केटीसँग कुरा मिलाएर पट्याउनुपर्छ ।’ सोभितले भने ।

सुटिङ सकियो । सबै लाखापाखा लागे । सोभितले एकछिन त्यही केटीलाई खोजे । कतै देखेनन् । सोचे आज गई होला भोली कुरा गरौंला ।

इज्जतको पनि कुरा थियो । एउटी डान्सर केटीको वारेमा त्यति धेरै चासो राख्न पनि भएन । आ होस् भन्दै खान खान किचनमा गए सोभित ।

सोभित खाना खाँदै थिए पर एकजोडी केटाकेटी देखे । यसो हेरेको त दिउँसो आफुले आँखा लगाएको केटी सलोनसँग बसेर खाना खाँदै पो रहिछ । उनले सोचे ‘अब सलोनले मलाई अट्याक गर्न थालेछ ।’

अर्को पनि उस्तै घटना छ । ‘कन्यादन’ को पोखरामा सुटिङ भईरहेको थियो । गीतको सुटिङका लागि तयारी गर्दै थिए । एउटी युवतिले बाईकको हर्न बजाई ।

यसो हेरे, युवतिले आफै भनी ‘आज हामी छुट्टै भेटेर गफ गर्नुपर्छ है । भरे लेकसाईडको सेभेन इलाभेन रेष्टुरेन्टमा भेट्नुपर्छ ।’ त्यति भनी उ गईहाली ।

चिन्दै नचिनेकी युवतिले त्यसरी भेटौं है भनेको देखेपछि उनका केही साथीहरुले डाह पनि गरे । त्यहि मौकामा उनले भने ‘मलाई अहिले पनि केटीहरुले यसरि लाईन मार्छन् ।’

सुटिङ सकेपछि सोभित नयाँ युवतिलाई भेटन भन्दै लेकसाईडतिर लागे । सँगै थिए नायक कुशल थापा । सेभेन इलाभेन लगायत केही रेष्टुरेन्टमा चाहरे पनि युवतिलाई भेटेनन् ।

आ होस् भन्दै उनिहरु खाना खान एउटा रेष्टुरेन्टमा गए । खाना खाँदै थिए कुशलले भने ‘दाई उता हेर्नुस् त ।’ यसो हेरेको त त्यहि रेष्टुरेन्टको अर्को टेबलमा दिउँसो भेट्नुपर्छ भन्ने केटी सलोनसँग मस्ती गरिरहेको देखे ।

जब छोराको गर्लफ्रेण्डको ड्राईभर बन्नुपर्‍यो

सोभितको वारेमा अर्को पनि किस्सा छ । अचेल बाबु छोरा एउटै गाडीमा आ-आफ्ना गर्लफ्रेण्ड राखेर हिंड्छन् । यो पनि हल्ला मात्रै भएको दाबी गरे उनले ।

आफ्नो गर्लफ्रेण्ड नराखे पनि छोरा र उसको गर्लफ्रेण्डको ड्राईभर बनेर हिंडेको स्वीकारे । ‘मैले ड्राईभिङ गर्ने भएकाले धेरै पटक सलोन र उनको गर्ल फ्रेण्लाई लिएर चाँही हिडेको छु ।’ उनले भने ।

पहिलो प्रेम

Shovit Basnet-director (3)सोभित ११ वर्षका हुँदैमा केटीको पछि लाग्न थालिसकेका थिए । उनको भनाई अनुसार उनी ११ वर्षको हुँदा नारायणघाटमा डेरामा बस्थे बाबा आमासँगै । उनकै उमेरको घरबेटीकी छोरी थिईन् सार्‍है राम्री । सोभित भन्छन ‘उसलाई देखेपछि एकखालको अनौठो अनुभुति हुन्थ्यो । उसंगै बस्न पाए हुन्थ्यो । उसंगै कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ तर, त्यो उनको एकोहोरो प्रेम थियो ।

१४ वर्षको उमेरमा अर्की युवतिसँग प्रेम गरे । प्रेम गरे पनि बिबाह चाँही अलि ढिलै गर्नुपर्छ भन्ने सल्लाह गरेका थिए दुबैले । उनका बुबा असाध्यै मदिराप्रेमी । छोराको प्रेमसम्बन्ध वारेमा जानकारी पाएका रहेछन् ।

उनको प्रेमीकाको बुबा पनि मदिरा पारखी थिए । मदीरा पिउने जक्सनमै भेट भएछ दुबैको र त्यहि घोषणा गरेछन् ‘हामी अब सम्धी’ । सोभीतले नाईनास्ती गरेनन् । १६ वर्षको उमेरमा बिबाह भयो ।

एकै पटक तीनवटीलाई घुमाए

६० को दशकमा सबै भन्दा धेरै युवतिलाई घुमाएको स्वीकार्छन् सोभित । ‘एकै पटक २/३ वटीसँग पनि प्रेम गरें । यसरि प्रेम गर्नु घातक हुन्छ भन्ने कुरा पछि मात्रै थाह पाएँ ।’

एउटा घटना भने उनी कहिल्यै बिर्सदैनन् । दुईटीसँग पालै पालो डेटिङ जान्थे । तीन महिनाजति भएपछि दुबैले थाह पाएछन् र सल्लाह गरेछन् । ‘दुबै मिलेर सोभितलाई थर्काऔं ।’

एउटीले उनलाई उनकै अफिसमा भेट्नुपर्ने कुरा गरिन् । उनी आए मख्ख पर्दै । अफिसमा बसेर कुरा गर्दै थिए । अर्की पनि आईपुगिन् । उनको मनमा चिसो पस्यो । दुबैले के हो पारा भनेर सोभितलाई थर्काए ।

सोभित पनि के कम त्यति बेलै दुईटा युवतिलाई एक अर्काको कुरा लाईदिए । अन्तिममा उनीहरु भिडे र छुटि्टए । कुरो मिलाएर पछि पनि केही महिना डेटिङ गए दुबैसँग ।

उपहार लिन्छन् मात्रै

धेरै युवतिसँग नाम जोडिएपनि आजसम्म उनले कुनै युवतिलाई उपहार दिएका छैनन् । उनको भनाई अनुसार । उपहार दिने मामलामा उनि लोभी छन् । तर, धेरैको उपहार लिएका छन् ।

प्रेम गर्ने ब्यक्तिले कहिल्यै धोका दिन नहुने धारणा राख्ने यी निर्देशक । गर्लफ्रेण्ड जति भएपनि फरक नपर्ने तर, मिलाएर राख्नुपर्ने धारणा राख्छन् ।
उमेरमै प्रेम गर्न आग्रह गर्ने सोभित धोका दिन नहुनेमा सहमत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment