Comments Add Comment

साइपाल र प्राइमलाई हिसान बास्केटबल उपाधि

१२ फागुन, काठमाडौं । साइपाल एकेडेमी र प्राइम कलेजले दोश्रो हिसान राष्ट्रिय खेलकुदको बास्केटबल उपाधि मंगलबार जितेका छन् । साइपाल गर्ल्स र प्राइम ब्वाइजतर्फ च्याम्पियन बने ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको गर्ल्स फाइनलमा साइपालले मोर्गन इन्टरनेसनल कलेजलाई ३१-१५ ले पराजित गर्‍यो । साइपालको जितमा उपमा पोखरेलले १२ अंक योगदान गरिन् ।

साइपालले चारै क्वाटरमा मोर्गनलाई अग्रता लिने मौका दिए । साइपालले पहिलोमा १०-४ र दोश्रोमा ५-२ को अग्रता बनायो । साइपालले तेश्रो क्वाटर १०-५ र चौथो क्वाटर ६-४ ले आफ्नो पक्षमा पार्‍यो ।

अत्यन्तै प्रतिस्पर्धात्मक ब्वाइजको फाइनलमा प्राइमले क्याटिल कलेज एन्ड रिसर्च सेन्टर -सीसीआरसी) लाई ४२-३९ ले हरायो । प्राइमका सोनाम लामाले १० अंक जोडे ।

पहिलो क्वाटरमा प्राइम ६-१० ले पछि पर्‍यो । प्राइमले दोश्रोमा ११-४ र तेश्रोमा १३-८ अंक जोड्दै जितको आधार खडा गरेको थियो । सीसीआरसीले अन्तिम तथा चौथो क्वाटरमा १७-१२ को अग्रता बनाएपनि जित हात पार्न सकेन ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय उपमा र सोनाम ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment