Comments Add Comment

साङ्गयोङ गाडीको शो-रुम लाजिम्पाटमा

OLYMPUS DIGITAL CAMERA

 दक्षिण कोरियाली साङ्गयोङ मोटरको नेपाली बिक्रेता कन्स्ट्यान्ट बिजनेश ग्रुपले राजदरबारको उत्तरढोकामा शो-रुम खोलेको छ । नेपालका लागि कोरियाली राजदूत योङ जिन चोइले बुधबार एक कार्यक्रमबीच शो-रुम उद्घाटन गरे ।

शो-रुममा एसयुभी सेगमेन्टको न्यू कोराण्डो, रेक्स्टोन, न्यू एक्टयोन स्पोर्टस लगायतका गाडीहरु उपलब्ध हुनेछन् । कम्पनीले शो-रुमबाट साङ्गयोङ गाडीहरु विशेष छुटमा बिक्री वितरण गर्ने जनाएको छ ।

साङ्गयोङले स्थापनाको ६० वर्ष पुगेको अवसरमा आफ्ना उत्पादनमा विशेष छुट उपलब्ध गराएको हो । कम्पनीको स्पेयर्स पार्टस् तथा सर्भिस सेन्टर ज्वागलस्थित युएनपार्क नजिक रहेको छ ।

कम्पनीले ७४ लाख ७५ हजार रुपैयाँ पर्ने २००० सीसीको फोर हृवील कोराण्डो गाडी ६७ लाख ७५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

त्यसैगरि, ८८ लाख ७५ हजार पर्ने रेक्स्टोन ८४ हजार रुपैयाँमा र ४८ लाख ७५ हजार रुपैयाँ पर्ने एक्टयोन ४४ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

रेक्स्टोन २७०० सीसीको फोर हृवील पि्रमिय गाडी हो भने एक्टयोन २००० सीसीको डबल क्याप पिकअप गाडी हो ।

साङ्गयोङले रेक्स्टोन, कोराण्डो, क्योरन, एक्टयोन तथा एक्टयोन स्पोर्ट गाडी मार्फत आफुलाई विश्वको एसयुभी गाडी बजारमा अग्रस्थानमा राख्न सफल भएको छ ।
हाल यस कम्प्नील्ो १२९० वटा बिक्री कक्षहरुमार्फत १०६ राष्ट्रमा साङ्गयोङ गाडी बिक्री वितरण गर्दै आएको छ ।

केही वर्ष अगाडि भारतको महिन्द्र एन्ड महिन्द्रले साङ्गयोङ मोटरमा प्रमुख हिस्सेदारी लिएको र दुबैको सहकार्यबाट थप सफलता मिलिरहेको कम्पनीको भनाई छ ।

भारतीय बजारमा बिक्री सुरु भएको ६ महिनामा साङ्गयोङको रेक्स्टोन गाडी द्धितिय स्थानमा आउन सफल भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार हाल रेक्स्टोन गाडी मुम्बइ शहरमा प्रतिमहिना पाँच सय थानभन्दा बढी बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment