Comments Add Comment

बलिउडका चर्चित कलाकारको असली नाम

शिल्पा शेट्ठी
शिल्पा शेट्ठी

कुनै पनि नाम आफैमा नराम्रो हुँदैन । हरेक बाबु आमाले आफ्ना सन्तानको नाम राम्रै राखेका हुन्छन् । तर, कतिपयलाई आफ्नै बाबुआमाले राखिदिएको नाम राम्रो लाग्दैन, अनि आफ्नो नाम आफैं जुराछन् । बलिउडमा केही कलाकार छन्, जसले आफ्नो नाम आफैं राखेका थिए । हेरौं को को रहेछन् नाम फेर्ने कलाकारः

अहिले अक्षय कुमार भनेर चिनिने एक्सन हिरोको नाम फिल्ममा आउनुभन्दा अगाडी अर्कै थियो । उनी राजीब भाटिया भनेर चिनिन्थे ।

कामुक अभिनेत्री शिल्पा शेट्ठीको नाम टिन एजसम्म अश्विनी शेट्ठी थियो । उनले ज्योतिषको सल्लाहमा आफ्नो नाम शिल्पा राखेकी थिईन् ।

रणवीर सिंहको वास्तविक नाम रणवीर सिंह भावनानी थियो । उनले फिल्ममा प्रवेश गरेपछि आफ्नो नामवाट भावनानी हटाए ।

एक्सन स्टार अजय देबगण फिल्ममा आउनुअघि विशाल देवगणको नामले चिनिन्थे । अजयकै श्रीमती काजोलले स्कुल पढ्दासम्म काजोल मुखर्जी लेख्थिन् । फिल्ममा आएपछि थर हटाईन् ।

john-abraham

फरहान नामद्धारा बोलाईले जोन अब्राहमले आफ्नै बुबाको सल्लाहमा नाम फेरेका थिए । पूर्व पोर्नस्टार सन्नी लियोनीको पुरानो नाम करणजीत कौर थियो ।

अहिलेकी चर्चीत नायिका कट्रीना कैफको पुरा नाम कट्रीना तुरकोट्टे हो । तुरकोट्टे शब्द उच्चारण गर्न अप्ठ्यारो हुन्छ भन्दै उनले कैफ राखेकी थिईन् ।

पुराना स्टार राजेश खन्नाको नाम जतिन खन्ना थियो । अर्का पुराना अभिनेता मिथुन चक्रबर्तीको नाम गौरांग चक्रवर्ती थियो । अहिले पनि सेक्सी नायिकाको खातामा आफ्नो नाम सुरक्षित राखेकी रेखाको खास नाम भानुरेखा गणेशन हो । तर, फिल्ममा रेखा मात्रै राखिन् ।

देवल खान्दानले नाम छोट्याए

अर्का एक्सन स्टार सन्नी देवदलको नाम पनि अजयसिंह देवल थियो । उनका भाई बबी देवलको नाम विजयसिंह देवल थियो । धरमसिंह देवलले पनि नाम लामो भयो भन्दै धर्मेन्द्र राखेका थिए ।

सुपरहिरो रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो ।

देबानन्दले पनि आफ्नो नाम लामो भएको भन्दै धर्म देवदत्त पिशोरीमल आनन्दवाट देवानन्द बनाए । दीलिप कुमारको खास नाम युसूफ खान हो ।

राज कपुरको पूरा नाम रणबीरराज कपुर थियो । रणबीर कपुरको नाम राख्दा हजुरवाकै नामको एक शब्द सापटी लिइएको थियो ।

डि्रमगर्ल हेमा मालिनीको वास्तविक नाम हेमामालिनी चक्रवर्ती थियो । जिया खान फिल्ममा आउनुअघि नफीसा खान भनेर चिनिन्थिन् । अर्का पुराना अभिनेता कुलभुषण पण्डितले आफ्नो नाम राजकुमार राखेका थिए ।

गोबिन्दा
गोबिन्दा

गोबिन्दाले थर लेखेनन्

गोबिन्दा आहुजाले पनि फिल्ममा कहिल्यै थर लेखेनन् । अर्का पुराना अभिनेता जीतेन्द्र फिल्ममा आउनुअघि रवि कपुरको नामले बोलाईन्थे । जयकिशन श्राफले नाम छोट्याएर ज्याकी श्राफ बनाएका थिए ।

ऋतु चौधरीलाई निर्देशक सुभाष घईले पहिलो फिल्ममा महिमा नाम दिएका थिए । कुनै बेलाका सुनिल कपुर फिल्ममा आएपछि मात्रै शक्ति कपुर बनेका थिए । हरीहर जेठालाल जरीवालालाई नै दर्शकले सञ्जीब कुमार भनेर चिनेका हुन् ।

अर्का कलाकार नाना पाटेकरको नाम विश्वनाथ पाण्डे थियो । मन्दाकिनीको वास्तविक नाम यस्मिन जोसेफ थियो ।

बलिउडकै सबैभन्दा सुन्दरी नायिका मधुबालाको नाम मुमताज जहाँ बेगम देहलवी थियो । अर्की पुरानी नायिका मिना कुमारीको पनि महजबीन बानो हो । किशोर कुमारको पनि असली नाम आभास कुमार गांगुली थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment