Comments Add Comment

केटीसहित समातिएका कुमारी बैंकका सीइओ निलम्बनमा

Uday upedhya१५ फागुन काठमाडौं । राजधानीको एक रेस्टेरेन्टबाट केटीसहित फागुन ११ गते पक्राउ परेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय निलम्बनमा परेका छन ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई निलम्बन गर्ने निर्णय गरेको एक सञ्चालकले अनलाइनखबरलाई बताए ।

‘सीइओ उपाध्यायको आचरण खराब देखिएकाले सञ्चालक समितिले उनलाई निलम्बन गर्ने निर्णय गरिसकेको छ’ ती सञ्चालकले भने ।

प्रक्रियागतरुपमा जाँदा कानून शाखाको राय आवश्यक पर्ने भएकाले बिहीबार नै रायका रागि कानून शाखामा पठाइएको छ । कानून शाखाको राय पश्चात उपाध्याय निलम्बनमा पर्नेछन ।

बैंकिङ क्षेत्रमा कार्यरत जोसुकै पनि प्रहरीको पक्राउमा परेपछि निलम्बन हुने राष्ट्र बैंकले जनाएको छ । अभियोग प्रमाणति नभए अभियुक्तको निलम्बन फुकुवा हुने प्रावधान छ ।

प्रहरीले कारण नै स्पष्ट नगरी उपाध्यायलार्इ ११ फागुनमा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरी मंगलबार काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले उनलार्इ सामाजिक भावना विपरित कायम गरेको अभियोग लगाउँदै सार्वजनिक अपराध ऐन अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

उपाध्याय गत ३ फागुनदेखि बार्षिक १५ दिने बिदामा बसेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment