Comments Add Comment

भोलि आउँदै छ सामसुङ ग्यालेक्सी S6, आइफोनसँग मिल्दोजुल्दो

samsung-galaxy-6_1

  • सामसुङ ग्यालेक्सी S6 को पछिल्लो भागमा रहेको उच्च क्षमतायुक्त क्यामेरा

सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ‘ग्यालेक्सी एस ६’ र ‘एस ६ इज’ सोमबार सार्वजनिक हुँदैछन् ।
स्पेनको वार्सिलोनामा सोमबारबाट सुरु हुने मोबाइल वर्ल्ड कंग्रेसको ठिक अघि सामसुङले दुईवटा नयाँ सेट सार्वजनिक गर्ने तयारी गर्दै छ ।
नयाँ मोबाइल कस्तो होला भन्ने कौतुहलतावीच बिभिन्न एजेन्सीहरुले आफ्नै दावीसहित नयाँ मोबाइलका सँभावित फिचरबारे उल्लेख गरेका छन् ।
नयाँ मोबाइल सार्वजनिक हुनु एकदिन पहिले एक युट्युव च्यानल संचालकले सार्वजनिक गरेका उच्च गुणस्तरयुक्त तस्वीर भने वास्तविक झैं लाग्छन् । ती तस्वीर कहाँबाट प्राप्त गरे भन्ने केही उल्लेख नगरेका उनले नयाँ फोनका बिशेषताबारे खुलाएका छन् ।

यस्तो हुने छ ग्यालेक्सी सिक्स इज् जसको स्क्रिनको छेउ कर्भ हुने छ ।
यस्तो हुने छ ग्यालेक्सी सिक्स इज् जसको स्क्रिनको छेउ कर्भ हुने छ ।

दावीअनुसार ग्यालेक्सी एस ६ झण्डै आइफोन ६ जस्तै हुने छ । यसमा एक उच्च गुणस्तरको क्यामेरा जडान गरिएको छ । प्लास्टिक कभरको सट्टा मेटल कभर प्रयोग गरिएको छ भने पहिले जस्तै पछाडीको पाता र ब्याट्री प्रयोगकर्ताले झिक्न सक्दैनन् । आइफोन जस्तै नयाँ ग्यालेक्सी एस ६ मा पनि माइक्रो एसडी कार्ड थप गर्न सकिदैन, जति क्षमताको छ, त्यही नै चलाउनुपर्छ ।
ग्यालेक्सी एस सिक्समा क्वाड एचडी ५.५ इन्चको डिस्प्ले, अक्टाकोर प्रोसेसर तथा २० मेगापिक्सेलको उच्च क्षमतायुक्त क्यामरा रहेको बताइएको छ । जसले कम प्रकासयुक्त ठाउँमा पनि राम्रो तस्वीर खिच्न सक्छ ।
ग्यालेक्सी एस सिक्स एज सामसुङको घुमाउरो स्क्रिन तथा घुमाउरो बडीवाला पहिलो स्मार्टफोन हुनेछ । यसले एप्पललका आइफोनलाई दहि्रलो चुनौति दिने विश्वास सामसुङले लिएको छ । सामसुङले आफ्नो नोट एज ट्याब्लेटमा घुमाउरो स्त्रिmनको प्रयोग गरिसकेको छ ।
samsung-galaxy-6_3नयाँ मोडलका फोनमार्फत् सामसुङले आफ्ना उत्पादनलाई प्रिमियम क्लासमा फोकस गर्न खोजेको छ । अहिलेसँम आइफोनले प्रिमियम क्लास ग्राहकलाई लक्षित गर्दै आएको थियो । तर, पछिल्लो दिनमा चिनियाँ स्मार्टफोनहरुले सामसुङको ठूलो आकारको बजार कब्जा गरिदिएपछि सामसुङले आफ्नो ध्यान महंगा फोन उत्पादनमा केन्द्रीत गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment