Comments Add Comment

चर्चा पाउन टपलेस बन्ने हिरोइनहरु

पुनम पाण्डे
पुनम पाण्डे

‘टपलेस सिन’ अहिले पनि धेरै हिन्दी चलचित्रको विकाउ मसला बन्ने गरेेको छ । फिल्म निर्माता तथा निर्देशकहरु पनि आफ्नो फिल्मको प्रोमो, पोष्टरमा हिरोईनको टपलेश दृष्यलाई विषेश स्थान दिने गरेका छन् ।

त्यस्ता दृष्यकै कारण फिल्म चल्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर, पनि धेरै निर्देशक र हिरोईनहरु अझै ‘टपलेस सिन’मै बजार बढेको सपना देखिरहन्छन् । ‘टाईम्स अफ इण्डिया’ ले त्यस्ता केही फिल्मको सूची तयार पारेको छ ।

शर्लिन र पूनमको चर्चा

भारतको पहिलो प्लेब्वाई गर्ल शर्लिन चोपडाले हिन्दी फिल्म ‘कामसुत्र’को केही दृष्यमा अर्धनग्न भएर अभिनय गरेकी छिन् । यौनकै विषय केन्दि्रत उक्त फिल्ममा शर्लिनको टपलेश पोजले राम्रै चर्चा पाएको थियो ।

हिन्दी फिल्म ‘नशा’ मा पुनम पाण्डेले निर्वाह गरेको भुमिका वारे पनि धेरै पटक चर्चा भईसकेको छ । उक्त फिल्ममा टपलेश भएर अभिनय गरेकी पुनम परि आए क्यामेराको अगाडी नाङ्गै उभिन पनि तयार भएको बताउँछिन् ।

कम्मरमा सेतो कपडा बेरेर नेहा धुपियाले क्यामेरातिर हरेको दृष्यले निकै चर्चा पाएको थियो बलिउडमा । हिन्दी फिल्म ‘जुली’ मा मुख्य भुमिका निर्वाह गरेकी नेहाले उक्त फिल्ममा अन्य केही बोल्ड दृष्य दिएकी थिईन् ।

फिल्म ब्यबसायिक रुपमा असफल भएपनि उनको टपलेश तस्बिरको चर्चा भने भई नै रहेको छ । अभिनेत्री अक्षरा गोवादाको टपलेस पोजले पनि राम्र्रै चर्चा पायो । फिल्म ‘चित्कावेरी’ मा उनी टपलेश भएकी थिईन् ।

करिना
करिना

करिना पनि टपलेस

अहिलेका श्रीमान् सेफ अलि खानकी नायिका बनेकी करिना कपुर हिन्दी फिल्म ‘कुर्बान’ मा टपलेस भएपछि निकै आलोचना खेप्नुपर्‍यो ।

हिन्दी फिल्म ‘हेट स्टोरी’मा बंगाली सुन्दरी पाली दम टपलेश मात्रै भईनन, उनले नाङ्गो ढाडमा ‘लभ किल्ड हर बडी… लेखेर तस्बिर खिचाईन् ।

हिन्दी फिल्म ‘जहर’ मा काम गर्दा नायिका उदिता गोश्वामी पनि टपटेल भएकी थिईन् । फिल्म ब्यबसायिक रुपमा असफल भए पनि उदिताले अभिनय गरेको उक्त दृष्यले भने राम्रै चर्चा पाएको थियो ।

टपलेस भएपछि ऋतिककी श्रीमति रिसाईन्

हिन्दी फिल्म ‘काईट्स’मा ऋतिक रोशन र नायिका बारबारा मोरीको टपलेश पोजले राम्रै चर्चा पाएको थियो । यतिसम्मकी ऋतिक र उनकी श्रीमति सुजैन खानको सम्बन्ध बिगार्न पनि यहि दृष्यले भुमिका खेलेको थियो भन्नेहरु धेरै छन् ।

मर्डरमा माल्लिका शेरावत लगभग न्युड रुपमा प्रस्तुत भएकाले मल्लिका शेरावत र ईमरान हासमीको चुम्बनको दृष्यले खासै चर्चा पाएन । उक्त फिल्ममा मल्लिका धेरै ठाउँमा टपलेसमा प्रस्तुत भएकी छिन् ।

‘मर्डर थ्री’ मा पाकिस्तानी अभिनेत्री सारा लोरेन टपलेस भएपछि यो दृष्यको विवाद पाकिस्तानसम्म पुगेको थियो । जिन्दगी ५०/५० को सुटिङ सुरु हुनु अगाडी नै पाकिस्तानी अभिनेत्री बिना मलिक टपलेश फोटोका कारण चर्चामा आईन् । रियालीटि शो ‘बिगबोस’मा सहभागी भए लगत्तै पनि यौनकै कारण बिबादमा आएकी थिईन् ।

हिन्दी फिल्म अपार्टमेन्टमा काम गरेपछि न्युड सिन दिएको भनेर बिबादमा आईन् नितु चन्द । उक्त फिल्ममा वाथरुममा नुहाउँदै गरेको अभिनय गरेकी थिईन् उनले ।

क्वीनवाट सर्वोत्कृष्ट हिरोईनको अवार्ड पाएकी कंगना राणावत ग्याङगस्टारमा टपलेशमा प्रस्तुत भएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment