Comments Add Comment

रेखासँगको ‘इन्काउन्टर’पछि आर्यनको सपनासँग यस्तो चुम्बन

aaryan-and-sapana
चुम्बन माया दर्शाउने राम्रो माध्यम पनि हो । बिहीबार काठमाण्डौमा मनाइएको फागु पूर्णीमा अर्थात होली पर्वको अवसरमा केही यस्ता रोचक दृश्य देखिएका छन् जसलार्इ हेरेर तपाइ जिब्रो टोक्नुहुनेछ ।

बिहान ९ बजेबाट निर्देशक आकाश अधिकारीले आयोजना गरेको होली कार्यक्रममा केही कलाकार नाच्नमै मस्त थिए । नायिका रेखा थापाको साथमा केही नायिकाले रमाइलो गरे । तर, रेखासँग ५ बर्षदेखि पानी बाराबारको सम्बन्धमा रहेका नायक आर्यन सिग्देल पनि रेड स्टूडियोमा पुगे । उनी श्रीमती सपना भण्डारीलार्इ साथै लिएर पुगेका थिए । देखादेख भएपनि  आर्यन र रेखाविच बोलचाल भएन ।

रेखालाई नदेखे जस्तो गर्दै आर्यन आकाशसँग केही समय होलीमा रंगिएका थिए । एक अर्काविच इन्काउन्टर भए पनि यी दुई कलाकारले मित्रताको हात बढाएनन् ।

यसपछि, आर्यन निर्माता छविराज ओझाको कार्यालयमा पुगे सपनासँगै  । च्यातिएको पाइन्टले ठूलै समस्या दिएपनि आर्यन केही समय त्यहाँ रमाएका थिए । त्यहाँबाट होली खेलेर निस्किएका आर्यनले पत्नी सपनासँग होली खेलेको एक रोचक तस्बिर सार्वजनिक गरेका छन् ।

जहाँ आर्यन र सपना चुम्बनको होली खेल्दैछन् । आर्यन र सपनाको चुम्बनको तस्बिर स्वयंम सपनाले नै सार्वजनिक गरेकी हुन् । यो तस्बिर सार्वजनिक भएपछि अहिले विभिन्न खालका प्रतिक्रिया आइरहेको छ । आखिर, सपना अार्यनकै पत्नी हुन, अाफ्नै पत्नीसँग चुम्बन गर्नु कुनै अनाैठो कुरा भएन । तर, पत्नीसँगको चुम्बनलार्इ किन अार्यनले प्रचार गर्न चाहे ?  त्यसमाथि पत्नी सपनाले नै फेसबुकमा सेयर गरेपछि उनीहरू अाफ्नो चुम्बन दुनियाँलार्इ दर्शन गराउन कति हतारोमा थिए भन्ने स्पष्ट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment