Comments Add Comment

फल गर्ने डावसन, म्याकोलीलाई रातो कार्ड

Referee-Neil-Swarbrick-shows-red-card-to-Gareth-McAuley

८ चैत, काठमाडौं । म्यानचेष्टर सिटीविरुद्धको खेलको ६३ सेेकेण्डमा वेष्टब्रेकका एण्डी म्याकोली रेफीको गलत निर्णयको शिकार भएका छन् ।

सिटीको घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा क्रेग डावसनले बोनीलाई फल गरे । डावसनको फल रातो कार्ड दिन लायक नै थियो । तर, रेफ्री निल स्वरब्रिकले फल गर्ने खेलाडी चिन्न गल्ती गरे र म्याकोलीलाई रातो कार्ड दिए ।

वेष्टब्रोमका प्रशिक्षक रेफ्रीको निर्णयप्रति पूर्ण असन्तुष्ट छन् । उनले पहिलो हाफमा रेफ्रीले मैदान छाड्नु अघिसम्म पनि उनले आफ्नो असन्तुष्टी राख्न कुरे । तर, रेफ्री निल स्वरब्रिकले सुनेनन् ।

तर, खेलपछि रेफ्रीले आफ्नो गलत निर्णयप्रति माफी मागेका छन् ।

बोनीले म्यानचेष्टर सिटीका लागि पहिलो गोल गरेको खेलमा साविकको विजेता ३-० ले विजयी भएको छ । उसका लागि बोनीसँगै फर्नान्डो र डेभिड सिल्भाले गोल गरेका छन् ।

जितपछि दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३० खेलबाट ६१ अंक छ । लिग लिडर चेल्सीको ६४ अंक छ र उसले २ खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment