Comments Add Comment

एयर बस दुर्घटना : त्यो अन्तिम आठ मिनेट ….

germanwings

फ्रान्समा मंगलबार एक एयर बस त्यसबेला दुर्घटना भयो, जब आखिरी आठ मिनेटमा विमानले हजारौं फिट डाइभ लगायो ।

दुर्घटनामा चालक दलका सदस्यसहित १५० जनाको मृत्यु भएको छ । अब प्रश्न उठेको छ कि त्यो आन्तिम ८ मिनेटमा के भएको थियो ?

यो विमान सन् १९९१ मा किनिएको थियो । त्यसबेलादेखि नै लुफ्थांसा एयरलाइन्ससँग थियो र २०१४ मा जर्मनविंग्सलाई दिइयो । २३ मार्चमा नियमित प्रक्रियाबाट विमानको जाँच गरिएको थियो ।

जर्मनविंग्स एयरलाइन्सका प्रवक्ता थोमर विंकलमानले बताए अनुसार एयरबस स्थानीय समय अनुसार १० बजेर ४७ मिनेटमा ३८ हजार फिटको उचाइमा उडिरहेको थियो ।

plane-crash-7

त्यसको ठिक एक मिनेटपछि विमान तल झर्न सुरु भयो । झर्ने क्रम आठ मिनेटसम्म जारी रयो ।

१० बजेर ५३ मिनेटमा विमान ६००० फिट तल आइसकेको जर्मनविंग्सका प्रवक्ताले बताए । उनले भने-‘विमानको सम्पर्क फ्रान्सेली एयर ट्राफिक कन्ट्रोल रुपको राडरसँग टुट्यो र दुर्घटना भयो ।’

विमान ३८ हजारको उचाईमा विमान ५०० मिल प्रतिघन्टाको सामान्य गतिमा नै उडिरहेको थियो ।

पाइलटले केही गर्न पाएनन् !

साढे नौं बजे एयरबसले फ्रान्को तह पार गरेको थियो । तर, त्यसपछि जे भयो, त्यो निकै भयानक थियो र पाइलटले न त मदतका लागि सम्पर्क गर्न पाए, न आमस्मिक अवतरणको चेतावनी दिए सके ।

बीबीसीका परिवन सम्वाददाता रिचार्ड वेस्कट भन्छन्-सामान्यतया विमान चालकसँग यति समय हुन्छ कि केही समस्या भए विमानलाई जमिनमा अवतरण गर्ने प्रयास गर्न सकिन्छ वा मदतका लागि सम्पर्क गर्न पाइन्छ ।’

तर, अहिलेसम्म बाहिर आएको सूचनाका अनुसार दुघर्टनाको आठ मिनेट अघिसम्म अवस्था यस्तो रहृयो कि पाइलटले केही गर्न सकेनन् ।

एक अनुमान

यस्तो अवस्थामा पाइलटले अवतरणका लागि समथर जमिन खोज्छन् । तर, जर्मनविंग्सको विमानका चालकसँग समथर जमिन खोज्ने समय नै नपाएको अनुमान गरिएको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment