Comments Add Comment

नेपाली पुरुष श्रीमतीप्रति इमान्दार छैनन्ः रेखा शाह

Resha-Shah_Singer-(4)

वीस वर्ष अगाडि ‘सिमसिमे पानीमा’ बोलको गीत गाएर चर्चामा आएकी थिईन् रेखा शाह । बीस वर्ष अगाडी टिपिकल गीत गाएकी रेखा शाहले बीस वर्ष पछाडी त्यहि गीतलाई रिमिक्स गर्दै बोल्ड भिडियो बनाईन् ।

नयाँ भिडियोमा टिन एजर्स लेडीको भुमिका निर्वाह गरेकी रेखा बोल्ड भिडियो समयको माग हो भन्छिन् । स्टेजमा कमै मात्रै देखिने यी गायिका आफुलाई चुजी भन्न चाहन्छिन् ।

स्टेजमा नदेखिनुको कारण त्यो मात्रै भने होईन । उनलाई ‘हर्टबिड’ को समस्या छ । प्रेमराजा महतसँग सिमसिमे पानीमा गाएपछि गीतकै विषयमा भएको विवादले उनलाई हर्टबिड भएको थियो । धेरै ठाउँमा उपचार गरेपनि रोग ठिक हुन सकेको छैन । उनै गायिकासँग अनलाइनखबरले गरेको कुराकानीः

अहिले के गर्दै हुनुहुन्छ ?
माष्टर्सको पढाई पूरा गर्दै छु । घरको काम त छँदैछ । एल्बमको प्रमोशनमा पनि ब्यस्त छु ।

भिडियो

आजकल संगीतमा त्यति सक्रिय हुनुहुन्न नि ?
मलाई एक जना रिलेटिभले भन्नु भएको थियो- तिम्रो हेल्थले तिमीलाई डिष्टर्ब गर्‍यो, तिम्रो क्षमतालाई गुमराहमा पार्‍यो । मलाई पनि त्यस्तै लाग्छ । खराब स्वास्थ्यकै कारण म अलि निस्क्रिय  भएँ ।

कस्तो खालको स्वास्थ्य समस्या हो ?
हामी कलाकारको वारेमा धेरै दर्शकले राम्रो सोच्नुहुन्छ । त्यसकारण आजसम्म मैले मेरो समस्याको वारेमा भनेको छैन । तर, तपाईले सोधेपछि भन्नै पर्छ । मलाई मलाई हर्टबिडको समस्या छ । कुनै पनि बेला हुनसक्छ । सुतिरहेको बेला, गाडी चलाउँदा वा हिंड्दा हिंड्दै कुनै पनि बेला म बेहोस भएर ढल्न सक्छु । कलेज पढ्दा पनि धेरै पटक बेहोस भएर ढलेकी छु । मेरै कारण साथीहरुको पढाई डिष्टर्ब भएको छ बेला बेलामा ।

मेरो माष्टर नसकिनुको कारण पनि स्वास्थ्य समस्या नै हो । अलिकति स्ट्रेस हुने बित्तिकै समस्या आईहाल्छ । कहिले काँही त लाग्छ- अहिले नै बायोग्राफी लेख्न पो थालिहालुँ कि । त्यसो भन्दैमा रेखा शाह नीराश रहिछे नभन्नु होला । म जीबनप्रति आशावादी छुु ।

कति भयो तपाईलाई यो समस्या भएको ?

सिमसिमे पानीमा हिट भएपछि त्यहि गीतको विषयमा विवाद आयो, अनि मलाई यस किसिमको समस्या भयो ।

उपचारको पहल गर्नु भएन ?
धेरै गरें । दिल्लीको गंगाराम अस्पतालमा उपचार गरें । बान्द्र हस्पिटलमा पनि चेक गराएँ । चट्टै ठिक हुने सम्भावना छैन । डक्टरहरुले धेरै चिन्ता नलिनु भन्नु भएको छ । शीर नभएको खोला र पीर नभएको मान्छे त कहाँ होला र ? मेरो रोग भनेको ज्वरो आएको बेला सिटामोल खाए जस्तो चट्टै हुने होईन ।

प्रेमराजा महतसँग सिमसिमे पानीमा गाएपछि बिबाद आउनुको खास कारण के हो ? त्यो गीतको आम्दानी र कानुनी अधिकार पनि गुमाउनु भयो भन्ने सुनिएको थियो, हो ?
हो । त्यतिवेला कपिराईट सम्बन्धि ल एक्टिभ थिएन । त्यसकारण मलाई थाहा थिएन । कमाई कति भयो त्यस विषयमा त मैले क्लेम नै गरिन् ।
प्रेमराजा महतसँग तपाईको भेट कसरि भयो ?

उहाँ रेडियो नेपालको जागीरे हुनुहुन्थ्यो । उहाँलाई रेडियो नेपालको कम्पाउण्डमा देखिरहन्थे । उहाँले युगल गाउँ भन्नु भयो मैले गाएँ ।
उहाँसँग गाउनुअघि केही सम्झौता गर्नु भएन ?

त्यतिवेला म भर्खर गाउँवाट आएकी थिएँ । भर्खर दश कक्षा पास गरेर गाउँवाट काठमाडौ आएको मान्छेलाई के थाह हुन्छ र ? फेरि त्यतिवेला अहिलेजस्तो सञ्चारको माध्यम पनि थिएन । अहिले त सञ्चारले मान्छेलाई धेरै बाठो बनाएको छ ।

मेरो घरकै कुरा गर्नुहुन्छ भने धादिङको धुवाँकोटमा एउटा सामान्य परिवारमा हुर्किएको मान्छे हुँ । त्यतिवेला मेरो घरमा एउटा सामान्य रेडियो थियो । मलाई त शहर यसै पनि अनौठो लाग्थ्यो । उहाँले मलाई धोका दिनुहोला भनेर सोच्दै सोचिन ।

आफुमाथि धोका भएको कहिले थाह पाउनु भयो ?
एल्बम निस्किएपछि थाह पाएँ । एल्बममा मेरो स्वर थियो तर, उहाँले एल्बम स्वर्गीय बुबा र आमा टिका कुुमारी महतको प्रस्तुती भनेर राख्नु भएछ । त्यसपछि थाह पाएँ चिटिङ भएको कुरा ।

Resha-Shah_Singer-(1)
थोरै गीत गाउनुको कारण स्वास्थ्य नै हो त ?

पहिलो कुरा म प्रोफेशनल गायिका होईन । अर्को कुरा म जस्तो पायो त्यस्तै गीत गाउँदिन । जब कुनै गीतले मेरो मन छुँदैन, तबसम्म ती गीतले दर्शकलाई पनि छुँदैन जस्तो लाग्छ । त्यसकारण छानेर मात्रै गाउँछु । त्यसपछि पनि मैले धेरै गीत खोजें सिमसिमे पानी जस्तै मिठास भएको पाईन् । पहिलो गीत नै हिट भएपछि अलि गार्‍हो हुँदो रहेछ ।

सीमसीमे पानीमा भन्ने गीत कसरी भेट्नु भयो ?
सेन्ट अप परिक्षा दिएर बसेकी थिएँ । गाउँमा एकजना दाईको बिहे थियो । धेरै जना रत्यौली खेल्दै हुनुहुन्थ्यो । म पनि त्यहि थिएँ । नाँच्न लाज लाग्थ्यो । तानेर नचाउनु भयो । जानी नजानी नाँचे, लाज मानी मानी । त्यतिवेला रत्यौली खेल्नेहरुले त्यही गीत गाउनु भएको थियो । शब्द त त्यहि थिएन । थेगो त्यहि थियो सिमसिमे पानीमा ज्यानले बेमान गर्छ कि जीन्दगानीमा । मैले त्यहि थेगोमा गीत बनाएँ र गाएँ ।

अहिले नेपालमा राम्रा लोकगीतको खडेरी परेको हो ?
ग्लोबलाईजेशनले पनि कतिपय मौलिक चीज हराएको छ । समयको कारण कतिपय सिर्जना हराएको छ । यसले कतिपय कुरामा फाईदा भएको होला त कतिपयमा बेफाईदा पनि भएको छ ।

ग्लोबलाईजेशनले हाम्रा मौलिक संस्कृति गुमाउने खतरा बढ्यो भन्न खोज्नु भएको हो ?
कतिपय कुराहरु डायनामिक हुन्छ । हामीले चाहेर पनि रोक्न सक्दैनौं । सामान्य कुरा गरौं न पहिला पहिला हामी दाउरामा भात पकाएर पिर्कामा बसेर खान्थ्यौ ।

अहिले ग्याँसमा पकाएर डाईनिङ टेबलमा बसेर खान्छौं । यस्ता कुरालाई हामीले चाहेर पनि रोक्न सक्दैनो । यो स्वभाविक पनि हो । जहाँसम्म संस्कृतिको कुरा छ यसको जगेर्नाका लागि ठूलै अभियान सुरु गर्नुपर्छ । कतिपय धनी देशका मान्छेहरु त संस्कृतिका लागि जुटेका छन् हाम्रोमा कसले गर्ने ? संस्कृति जोगाउन जोगाउन ठुलै पहल हुनुपर्छ ।

अहिले त लोकगीतको भिडियो हेर्दा कस्तो लाग्छ ?
कहिले काँही लोकगीत हेर्दा आफैंलाई अचम्म लाग्छ ।

तपाईको पछिल्लो भिडियो निकै ग्ल्यामरस छ ? यति ग्ल्यामर बनाउन जरुरी थियो ?
सिमसिमे पानीको भिडियो हेरेर धेरै प्रतिक्रिया आएको छ । भिडियो बनाउनु अघि नितीन जी (निर्देशक)संग सल्लाह गर्‍यौं । म आफ्नो कामवाट सन्तुष्ट छु । सर्वमान्य भन्ने कुरा केही हुँदैन । मैले साँच्चै कल्चरल बनाएको भए पनि मान्छेहरुले रेखा शाह बुढी भइ भन्थे । रेखा शाह त साडी लगाएर नाच्न थालिछ भन्थे । यसको सोच नै पुरानो भन्थे होला ।

अलिकति ग्ल्यामर बनाउँदा पनि गीतसँग म्याच भएन भन्छन् । अर्को कुरा लोकगीत भनेको साडी मात्रै हैन, यो त लोकले गाउने हो । लोक भनेको त शहर गाउँ दुबै हुन्छ ।
अर्को कुरा मैले भिडियोमा ‘मल्टि रोल प्ले’ गरेको छु । एउटा टिनएजर केटीले गर्ने क्यारेक्टर गरेको छु । त्यसवाट कतिपय टिनएजरहरुले सिक्न सक्छन् रेखा शाहले यो उमेरमा यस्तो गरेकी छे हामी किन नगर्ने भनेर ।

अब अलिकति निजी जिवनको कुरा गरौं । निकै सिरियस देखिनुहुन्छ, हाँसो मजाकको स्थान त्यति छैन ?
म एकदमै कुल किसिमको छु । ठिकठिकै हाँस्छु, मनमनै रुन्छु, मनमनै हाँस्छु ।

नेपालीको राम्रा र नराम्रा कुरा के के हुन् ?
एकदमै सहनशील छन् । दुःखमा पनि हास्न सक्ने सुखमा पनि हास्न सक्ने । नराम्रो कुरा चाहिँ ईमान्दारीता कम छ ।

राजनीतिप्रतिको रुची ?
म पनि राजनीति गर्ने सोंचमा छु ।

राजनितीज्ञले के गरेमा देश उभो लाग्थ्यो ?
ब्यक्तिगत र पार्टीगत स्वार्थलाई त्यागेर नेताहरु माथी उठ्ने हो भने देश उभो लाग्थ्यो । अहिले नेपालमा राष्ट्रप्रति बफादार कोही नेता पनि देख्दिन ।

कोही त होला नि । अलिकति आशा गर्न सकिने ब्यक्ति ?
नरहरी आचार्य, गगन थापा र प्रदिप गीरी राम्रो लाग्छ । तीनै जना कांग्रेस नेताकै नाम भने फेरि रेखा शाह कांग्रेस रहिछ पो भन्ने हो कि (हाँसो) ?

फुर्सदको समय कसरि बिताउनुहुन्छ ?
मलाई ड्राईभमा एकदम सौख छ तर, काठमाडौमा लङ ड्राईभको लागि पनि ठाँउ छैन । मन पर्ने गीत सुन्छु । पुस्तक पढेर बिताउँछु । बायोग्राफी पढ्न मन पर्छ । बिजय कुमार पाण्डेको खुसी आधा पढें । पुस्कर शाहको पुस्तक पढिसकें । काईट रनर र गान्धीको बायोग्राफी किनेर ल्याएकी छु । पढन बाँकी छ ।

नेपाली महिला र पुरुषको एउटा राम्रो र नराम्रो कुरा ?
महिलाले आफुलाई नै कमजोर ठान्ने प्रबृत्ति छ । हाम्रो सामाजिक संस्कार पनि त्यस्तै छ । फुर्सदको बेला प्रायः महिलाहरु कुरा काटेर बिताउँछन् । नेपाली पुरुषहरु आफ्नो श्रीमतिप्रति इमान्दार छैनन् । कोही रिसाए पनि रिसाओस्, यो तितोसत्य हो । राम्रो कुरा चाँही नेपाली पुरुष सबै जिम्मेवारी लिन चाहन्छन् ।

तपाईलाई कस्तो पुरुषले झट्टै आकषिर्त गर्छन् ?
मलाई मोटो केटा मन पर्दैन । एक्सरसाईज गरेको हुनुपर्छ । अग्लो कद । हल्का दार्‍ही पालेको अनि आर्यन फेश मन पर्छ । जस्तो रणबीर कपुर ।

प्रेम बिबाह कि मागी ?
अहिले त मागी बिबाह सम्भव होला जस्तो लाग्दैन । धेरैले प्रेम विवाह नै गर्दै आएका छन् । प्रेमपछि मागी बिबाह गर्दा त राम्रै होला । चिन्दै नचिनेको मान्छेसँग जिबन बिताउने निर्णय त कसरि सम्भव होला र ?

स्कुल पढ्दा प्रेमपत्र कत्तिको आउँथ्यो ?
स्कुलमा बेला बेलामा हुने कार्यक्रममा गीत गाउथें । त्यसकारण चिट्ठी त आईहाल्थ्यो । लुकेर पढ्थें ।

अहिलेका केटाकेटीलाई के सुझाब दिनुहुन्छ ?
अहिलेका बाबु आमाले छोराछोरीलाई धेरै माया गर्छन तर, छोराछोरीले बाबु आमाको वारेमा सोचेको पाईदैन । म आग्रह गर्छु- छोराछोरीले बाबु आमाको चाहनालाई पनि बुझ्नुपर्छ ।

तपाई फिट एण्ड फाईन हुनुहुन्छ, कसरी मेन्टेन गर्नुहुन्छ ? केही टिप्स दिनुस् न 
ईगो लिन भएन । थोरै तर, समय समयमा खानु पर्‍यो । एक्सरसाईज पनि गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment