Comments Add Comment

बहुमूल्य बस्तु भन्दै कागजको बन्डल २ लाखमा विक्री !

Rupa-and-Suresh

१३ चैत, काठमाडौं । बहुमल्य बस्तु भनेर रुमालमा पोको पारेको कागजको बण्डल २ लाखमा बेच्ने समूहका दुई जना पक्राउ परेका छन् ।

मकवानपुर बज्रवाराही ३ की २५ वर्षकी रुपा के.सी भन्ने रुपा बिडारी र धादिङ थाक्रे ८ का २४ को सुरेश भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रुपा र सुरेशसहितको समूहले खासामा लेवर काम गर्दा बहुमुल्य सामान फेला पारेको भन्दै धादिङ्ग घर भई कालिमाटी बस्ने निराजन भुजेललाई २ लाखमा बेचेका थिए ।

तर, खोलेर हेर्दा रुमाल भित्र कागजको बन्डल मात्र भेटिएको निराजनले बताए । आफू गठिएको भन्दै उनले महानगरीय अपराध महाशाखामा उजुरी गरेपछि प्रहरीले रुपा र सुरेशलाई सानोठिमीबाट पक्राउ गरेको छ ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment