Comments Add Comment

नेपाल र अष्ट्रेलियाको खेल हेर्न क्रिकेट अष्ट्रेलियाका अध्यक्ष आउने

Wally Edwards

१३ चैत, काठमाडौं । फिलिप हृयूजको सम्झनामा चैत २८ गते हुने नेपाल र अष्ट्रेलियाबीचको खेल हेर्न क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवड्र्स आउने भएका छन् ।

एड्वड्र्ससँगै आईसीसीका ग्लोलव डिभिजन निर्देशक टिम एण्डरसन पनि आउने छन् । उनी अष्ट्रेलियाको यू-१९ टीमका पूर्व कप्तान समेत हुन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार अहिलेसम्म नेपाल आउने अष्ट्रेलियन टीममा एक जना मात्र खेलाडीको नाम तय भएको छ ।

न्यू साउथ वेल्स र सिड्नी थडर्सका रायन कार्टरले खेल्ने पक्का भएको छ । अन्य खेलाडीको नाम छिट्टै तय हुने क्रिकेट अष्ट्रेलियाले बनाएको छ ।

कीर्तिपुरमा हुने नेपाल र अष्ट्रेलियन टीमको खेल जम्मा ६३ ओभर (प्रत्येक टीमको ३१.३ ओभर) को हुनेछ ।

गत नोभेम्बरमा सिड्नी क्रिकेट मैदानमा साउथ वेल्सविरुद्धको ब्याटिङका क्रममा दक्षिण अष्ट्रेलियाका हृयूजलाई क्रिजमा नै ढलेका थिए । शन एबलको बाउन्सलले घाँटीलागेर लागेर उनी ढलेका हुन् ।

हृयूजको उपचारका क्रममा निधन भएको थियो । उनी ६३ रनमा अविजित रहँदा मैदानमा ढलेकाले नेपाल र अष्ट्रेलियन टीमको खेल पनि ६३ ओभरको नै खेलाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment