Comments Add Comment

‘पूनर्जन्म’ फाइदामा, ‘भुल भूलैया’को राम्रो व्यापार

चलचित्र भुल भूलैया हेर्न काठमाण्डौको अष्टनारायणमा पुगको दर्शक(वायाँ)
चलचित्र भुल भूलैया हेर्न काठमाण्डौको अष्टनारायणमा पुगको दर्शक(वायाँ)

यो बर्ष प्रदर्शनमा आएको अधिकांश नेपाली चलचित्रको व्यापार कमजोर छ । चलचित्रको व्यापार कमजोर बनेपनि निर्माण भने रोकिएको छैन । यही सेरोफेरोमा केही नेपाली चलचित्रले भने आफ्नो लगानी सुरक्षित पनि गरेका छन् । अहिलेसम्म ‘नोभेम्बर रेन, कबड्डी, कोहिनुर, हिम्मतवाली, लज्जा, जेरी’ले यो बर्ष आफ्नो लगानी सुरक्षित गरेका छन् ।

बर्षमा बनेका १ सय बढी चलचित्रमा यो व्यापार सुखद भने होइन । तर, राम्रो प्रचार गरिएका र दर्शकको दिमागमा बसेका चलचित्रले व्यापार भने राम्रो गरेका छन् । जसका कारण पनि चलचित्रलाई ब्रान्ड बनाउन सक्नुपर्छ भन्ने सन्देश यी चलचित्रको व्यापारले देखाएको छ ।

फागुन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पूनर्जन्म’ले पनि आफ्नो व्यापार सुरक्षित गरेको यसको निर्माणपक्षले दाबी गरेको छ । ३ हप्तासम्म सुखद रुपमा चलेको यो चलचित्रले १ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले दाबी गरेको छ ।

निर्देशक सजन श्रेष्ठले अनलाइनखबरलाई दिएको व्यापारिक रिपोर्टमा चलचित्रले करिब ४७ लाखको शेयर प्राप्त गरेको छ । करिब ३७ लाखको हारहारीमा बनेको भनिएको यो चलचित्रले आफ्नो लगानी उठाएको निर्देशकले बताए ।

चलचित्रको व्यापार चैत्र १२ गतेसम्म पनि गतिलो देखिएको थियो । जसका कारण पनि यो बर्ष प्रदर्शनमा आएका चलचित्र मध्ये ‘पूनर्जन्म’ लगानी सुरक्षित गर्ने चलचित्रको रुपमा देखिएको छ ।

यस्तै, शुक्रबार अर्थात चैत्र १३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘भुल भूलैया’को व्यापार आक्रामक देखिएको छ । शुक्रबार र शनिबार यो चलचित्रले सिंगल थिएटरमा आक्रामक व्यापार गरेको वितरक एफडी कम्पनी र गोपाल कायस्थले बताएका छन् । निर्देशक योगेश घिमिरेले शुक्रबार र शनिबार काठमाण्डौका मल्टिप्लेक्समा पनि चलचित्रले सुखद व्यापार गरेको बताए ।

शनिबार काठमाण्डौका अष्टनारायण, गोपिकृष्ण लगायतका हलमा दर्शकको उपस्थिती आक्रामक देखिएको छ । काठमाण्डौ बाहिरका हलमा पनि चलचित्रको व्यापार निक्कै राम्रो देखिएको वितरक एफडी कम्पनीले जनाएको छ ।

यस्तै, चलचित्र ‘भुल भूलैया’सागै प्रदर्शनमा आएको चलचित्र ‘षडङ्ग’को मल्टिप्लेक्समा शुक्रबार र शनिबार व्यापार राम्रो भएको वितरक कम्पनी पपकर्नले बताएको छ । यो नेपाली चलचित्रका लागि एउटा सुखद पक्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment