Comments Add Comment

पशुपति शर्माले ज्योती मगरलाई भने- दोहोरी गाउने, नाङ्गै हिड्ने नगर

jyoti-and-pashupati
काठमाडौं । दोहोरी गीत गाउँदा स्टेजमा उत्तेजक हर्कत देखाएर चर्चित बनेकी गायिका ज्योती मगरलाई अर्का गायक पशुपति शर्माले ‘नाङ्गै नहिड्न’ आग्रह गरेका छन् ।

छोटा कपडा लगाएर नाङ्गै हिड्दा लोक संस्कृति बिग्रिएको भन्दै गायक पशुपतिले भने- दोहोरी गाउने भए लामो लुगा लगाए, नत्र गीतै नगाए ।’

पुष्ट शरीर देखाएरै दर्शकवाट ताली र गाली पाउँदै आएकी ज्योतीलाई छोटो लुगा नलगाउने आग्रह पटक्कै सह्य हुने कुरै भएन । उल्टै पशुपति शर्मालाई सुझाव दिईन् ‘केटा मान्छे भएर पनि तीजको गीतमा नाचेर हुन्छ ?’

ज्योती र पशुपतिवीचको यो छेडछाड र घोचपेच वास्तविकतामा आधारित भएपनि उनीहरु साँच्चिकै भनाभन गरेका भने हैनन् । हालै ज्योती मगरले सार्वजनिक गरेको दोहोरी गीत एल्बममा उनीहरुको कटाक्ष सुन्न पाइन्छ ।

ज्योतीलाई हट नहुन पशुपतिले आग्रह गरेका छन् भने जवाफमा ज्योतिले एकवारको जीन्दगी रिल्याक्स गरेर बिताउन सुझाब दिएकी छिन् ।

पुशपति शर्माकै लय, शब्द र संकलन रहेको यस गीतलाई आशिष म्युजिकले बजारमा ल्याएको छ । भिडियोमा पशुपति शर्मा र ज्योतिले अभिनय गरेका छन् ।

पछिल्लो समय यी दुबै लोकगीतको क्षेत्रका चर्चित अनुहार मानिन्छन् । ज्योती मगर स्वदेश तथा बिदेशमा हुने सांगीतिक कार्यक्रममा छोटा कपडा लगाएर उत्तजेक रुपमा प्रस्तुत भएका कारण चर्चामा छिन् । केही कार्यक्रममा उनले संस्कृति बिगारेको भन्दै दर्शकबाट बिरोधको सामना पनि गर्नुपरेको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment