Comments Add Comment

वैशाखदेखि प्लास्टिकका झोलालाई प्रतिबन्ध

१७ चैत, काठमाडौं ।  सरकारले वैशाखदेखि काठमाडौं उपत्यकालाई प्लाष्टिक झोला मुक्त बनाउने निर्णय कार्यान्वयनका लागि सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

plastik संसदको वातावरण समितिको निर्देशन पालना गर्दै सरकारले प्लाष्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गर्ने भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

विज्ञान प्रविधी तथा वातावरण मन्त्रालयले सोमबार सरोकारवालासँग गरेको छलफलमा व्यवसायीका समस्यासमेत वार्ताबाट सुनुवाइ गर्ने प्रतिबद्धता जनाएको छ। प्लाष्टिक उद्योग संघले भने सरकारले विकल्प नदिई प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएको भन्दै आपत्ति जनाएको छ।

मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले प्लाष्टिक झोला नियन्त्रण गर्न सके प्रदूषण नियन्त्रण हुने बताए। उनले भने, ‘छलफल र सहमतिबाटै यो निर्णय कार्यान्वयन गर्ने हो।’

उपत्यकामा प्लाष्टिककै कारण सबैभन्दा धेरै प्रदुषण भइरहेको विज्ञहरूको ठहर छ। माटोमा पुरिएका प्लाष्टिक झोला लामो समय नकुहिँदा माटोको उर्बराशक्ति घटेको विभिन्न अध्ययनबाट पुष्टी भएको छ।

वातावरण समितिले प्रदूषण नियन्त्रणका लागि प्लाष्टिक झोला बिक्री वितरणमा प्रतिबन्ध लगाउन मन्त्रालयलाई निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment