Comments Add Comment

‘मलाई अमेरिका यहीँ’ भन्ने पशुपति शर्मा पनि अमेरिका जाँदै !

pasupati-sharma-2

काठमाण्डौं । ‘मलाई अमेरिका यहीं, मलाई जापान पनि यहीं’ भन्दै लोकगीत गाएर चर्चित बनेका पशुपति शर्मा पनि अन्ततः अमेरिका जाने भएका छन् ।

तर, उनी नेपाललाई चटक्कै माया मारेर सधैका लागि अमेरिका जान लागेका भने हैनन् । नेपाली नयाँ बर्षको अबसर पारेर अमेरिकाका बिभिन्न शहरमा एक महिनासम्म आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागी हुन शर्मासहितको टोली अमेरिका जान लागेको हो ।

‘मलाई न्यूयोर्क पनि यहीं, मलाई डीसी पनि यहीं पनि यहीं, मलाई बाल्टिमोर नी यहीं’ भन्दै गायक शर्माले अमेरिकाबासी नेपालीलाई नचाउनेछन् । उनलाई दोहोरीमा साथ दिनेछिन- लोक गायिका संगीता थापा मगरले ।

शर्मासँगै चर्चित गायक प्रमोद खरेल र चर्चित हास्य जोडी धुर्मुस र सुन्तली पनि अमेरिका यात्रामा सहभागी हुनेछन् ।

वर्ल्ड बिजनेस म्यानेजमेन्ट कन्सल्ट्यान्टको आयोजनामा पहिलोपटक अमेरिकामा ‘नयाँ बर्ष धमाका भाग-१’ हुन लागेको हो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment