Comments Add Comment

विदेशमा घट्यो नेपाली चलचित्रको मार्केटः दिपकराज

dipakraj-giri

नेपाली चलचित्रको बजार अन्तरराष्ट्रिय स्तरमा खोजिनु त सुखद कुरा नै हो । बजार बिस्तार नभएसम्म चलचित्रको विकास पनि हुँदैन । तर, बजार खोज्ने नाममा जुन पायो त्यही चलचित्र प्रदर्शन गर्दा त्यसले सकारात्मक भन्दा नकारात्मक असर पारेको छ ।

हालै मात्र अष्ट्रेलियामा कार्यक्रम गरेर नेपाल फर्किएका चर्चित हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीको वुझाइमा अष्ट्रेलियामा नेपाली चलचित्रको मुल्य घटेको छ । यसको मुख्य कारण, जुन पायो त्यही चलचित्र प्रदर्शन हुनु हो ।

विदेशमा हप्तैपिच्छे नेपाली चलचित्र प्रदर्शन गर्दा दर्शकको रुची पनि घटेको छ । दिपकले विभिन्न कलाकार लगेर आयोजना हुने कार्यक्रममा पनि दर्शक आउन छाडेको बताए । आफुहरुले गरेको कार्यक्रममा ३ सय सम्म दर्शक आएको र त्यो सबैभन्दा धेरै भएको उनको भनाई छ ।

विदेशमा नेपाली चलचित्र हेर्नका लागि दर्शक स्वस्फूर्त आउँदैनन् । सबैजसो टिकट आफैले बेच्नुपर्छ । जसलाई पुस सेल भनिन्छ । पछिल्लो समयमा नेपाली चलचित्र सर्वाधिक धेरै प्रदर्शन हुने देश हो, अष्ट्रेलिया । तर, स्तरहिन चलचित्र विदेश लैजाँदा बजार मुल्य दिनुहँ घटेको दिपकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment