४ वैशाख, काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री एव राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर थापाको शुक्रबार साँझ राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
छोरा सुनिल थापाले दागवती दिएका छन् । पाँच पटक प्रधानमन्त्री भएका थापाको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको थियो ।
बुधबार राति निधन भएका राप्रपाका वरिष्ठ नेता थापाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दशरथ रंगशालामा राखिएको थियो । रंगशाला पुगेर प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय झण्डा ओढाएर थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेका छन् ।
एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि रंगशाला पुगेर थापालाई श्रद्धान्जली दिएका छन् ।
पूर्वप्रधानमन्त्री थापाप्रति अन्तिम श्रद्धान्जली दिन सर्वसाधारण समेत रंगशाला पुगेका थिए । त्यसअघि पार्टी कार्यालय चावहिलमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले पार्टीको झण्डा ओढाएका थिए ।
भिडियो हेर्नुस्
तस्वीरः श्रीधर पौडेल, विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर
प्रतिक्रिया 4