Comments Add Comment

जाजरकोटमा फ्लूले मृत्यु हुनेको संख्या २४ पुग्यो, औषधि अभाव

५ वैशाख, जाजरकोट । जाजरकोटमा महामारीका रूपमा फैलिएको सिजनल फ्लुका कारण शनिबार थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नायकवाडा गाविस–८ घर्तीगाउँ का ६१ वर्षीय वीरबहादुर कामी र गर्खाकोट–१ का ६० वर्षीय धने दमाई रहेका छन् ।

शनिबार बिहान वीरबहादुरको मृत्यु भएको उपस्वास्थ्य चौकी नायकवाडाका स्वास्थ्यकर्मी गणेश खड्काले जानकारी दिए । यससँगै मृत्यु हुनेको सङ्ख्य २४ पुगेको छ ।

 स्वास्थ्य संस्थामा औषधिको अभाव

अर्छानी स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । चौरजहारीस्थित मिसन अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले उपचार सुरु गरेपनि औषधिको अभावमा उपचार सेवा प्रभावकारी हुन सकेको छैन् ।

बिरामी स्वास्थ्य शिविरमा उपचारका लागि आउने गरेपनि औषधिको अभावमा समस्या हुँदै गरेको छ । टाउको दुख्ने, ज्वरो, हातखुट्टा दुखाइको सामान्य औषधि उपलब्ध भए पनि एन्टिबायोटिक औषधिको अभाव रहेको डा सुमन राईले जानकारी दिए ।

अर्छानी शिविर पुगेका बिरामीमध्ये नौजनामा कडा खालको फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएको चिकित्सकले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाइएको भने पनि अहिलेसम्म औषधि नपुगेको डा राईको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment